बन्दना पोखरेल (रामपुर पाल्पा),असोज ३/पूर्व मन्त्री एवं पाल्पा क्षेत्र न १संघीय सांसद दलबहादुर रानाले युगमा एक पटक मात्र अउने संबिधान लेखनको अबसर अहिले हाम्रो पूस्ताले पाएको भन्दै यो युगिन अवसरकै कारण संविधानमा लेखिएका अधिकार जनताको घरदैलोमा पुगेको बताउनु भएको छ । संविधान दिवसको अवसरमा रामपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा रानाले संविधान जारी भएसंगै अहिले कार्यान्वयनको चरणमा रहेको पुगेको बताउनु भएकोछ । उहाँले यस संविधानले व्यवस्था नै परिवर्तन गरेको भन्दै एक जुगमा एक पटक प्राप्त संविधान आवश्यकता अनुसार संशोधन हुने बताउनु भएकोछ  । उहाँले देशैभर मान्ने सबै धर्मलाई सम्मान स्वरुप संविधानले धर्मनिरपेक्ष घोषणा गरे पनि जबरजस्ती करले लोभले धर्मपरिवर्तन गर्न नपाईने बताउनु भएको छ  । संविधानले मौलिक हक प्रदान गरेको र लागु गर्नका लागि कानुनहरु निर्माण भैसकेको बताउदै केन्दिकृत शासन व्यवस्थाको अन्त्य गरि बिकेन्द्रिकृत शासन लागु भइ जनताको माझमा पुगेकोले जनताले अझ संविधानको महत्व बुझ्ने बताउनु भएको  छ। संबिधानमा उल्लेख भएका हक हरू कायर्न्वयन हुदै गर्दा कोहि भोकै मर्न नपर्ने यदी त्यस्तो अवस्था अएको खण्डमा सरकारलार्इ मुद्दा लाग्ने बताउनु भएको छ ।
२०६४ सालमा संविधान घोषणा हुन नसक्नुको कारण स्मरण गर्दै रानाले नेपाल बहुजाति र बहुसंस्कृतिक मुलुक भए पनि जातिय संघीयतामा जान खोज्दा विवाद भएर घोषणा हुन नसकेको बताउनु भएको छ  । २०७० सालको संविधान सभाले पूर्णरुपमा जातिय संघीयतालाई अस्वीकार गरी भौगोलिक संघीयतामा मुलुक गएको उल्लेख गर्दै  । जनजाति, मधेसी समुदायले अहिले संविधान अपुरो छ भन्नुको अर्थ हामी बुझ्नु आवश्यक रहेको र संविधानको बारेमा उनीहरुलाई बुझाउनु पर्ने दायित्व भएको बताउनु भएको छ । उहाँले संविधान आवश्यकता अनुसार संशोधन गर्न सकिने तर संशोधनको कुरा यतिकै नाराको रुपमा उठाउन नहुने बताउदै । उहाँले भन्नु भयो

, ‘संविधान अपरिवर्तनीय होईन,तर  गणतन्त्र पछि राजा फर्काउने, धर्मनिरपेक्षता हटाउने, संघयीतालाई अस्वीकार गर्ने कुरा मान्य हुँदैन । त्यस देखि बाहेकका कुरा लागु गर्ने कुरामा संविधान संशोधन हुन्छ ।‘
कार्यक्रममा गण्डकी प्रदेशका सांसद दोवाटे विश्वकर्माले संविधानको भावना अनुरुप काम गरोस् भनेर जनताले नेकपालाई दुई तिहाई बहुमत प्रदान गरे पनि अपेक्षा अनुरुप काम गर्न नसक्दा जनगुनासो बढेको बताउनु भएको छ । उहाँले आवश्यकता अनुसार संविधानलाई संशोधन गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा रामपुर नगरपालिकाका सल्लाहाकार देवराज रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले बोल्दै संविधानको कार्यान्वयन गर्दै समृद्ध राष्ट्र निर्माणमा जुट्ने समय आएको बताउनु भएको छ  ।

। रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालको स्वागत र योजना सहजकर्ता कपिल बहादुर खाँणको सञ्चालनमा भएको हो ।प्रभात फेरि सहित भएको कार्यक्रममा रामपुरको मुख्य बजार परिक्रमा गरेको छ । प्रभात फेरीमा रामपुर नगरपालिकाका जनप्रतिनिधि, सल्लाहाकार सदस्य, राजनैतिक दल, विद्यार्थी, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरीको सहभागीता रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय