काठमाडौँ ३१ भदौ । नेपाल विद्युत प्राधिकरणले घरभाडामा लगाउने व्यक्तिहरुले भाडावालसँग नियमभन्दा धेरै विद्युत शुल्क असुली गर्ने गरेको भन्दै त्यसो नगर्न चेतानवी दिएको छ।

पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भाडामा बस्नेसँग धेरै विद्युत महसुल नलिन चेतावनी दिएका हुन्। 

घिसिङले केही घरबेटीले प्राधिकरणले तोकेकोभन्दा धेरै शुल्क लिएको गुनासो आएको भन्दै भाडामा बस्नेसँग नियम विपरीत शुल्क नलिने चेतावनी दिएका हुन्।

‘प्राधिकरणलाई घरबेटीले जति तिर्छन् त्योभन्दा धेरै भाडामा बस्नेसँग लिन पाइँदैन,’ उनले भने, ‘घरबेटीले बिजुलीको व्यापार गर्न पाउँदैनन्, प्राधिकरणले तोकेभन्दा धेरै शुल्क लिएको भेटिए कारबाही हुन्छ।’ 

घिसिङले प्राधिकरणले आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत बराबरको प्राथमिक शेयर निष्काशन गर्ने योजना पनि सुनाएका छन्। उनले अब प्राधिकरणले स्मार्ट बिलिङ र मिटरलाई पनि तिव्रताका साथ अघि बढाउने उल्लेख गरे।

घरबेटीहरूले बिजुलीको व्यापार गरेर सामाजिक अन्याय गरेको भन्दै घिसिङले बहालमा बस्नेहरू पनि यस विषयमा सचेत रहन आग्रह गरेका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय