काठमाडौं, २९ भदौ ।
शनिबार नेपालगञ्ज विमानस्थला पर्यटन मन्त्री योगेश भट्टराईमाथि हातपात गर्ने ज्ञानेन्द्र शाहीले पत्रकारमाथि हातपात गरेका छन् । सोही विषयमा उनले आइतार बिहान पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेकोमा विवाद भएपछि पत्रकारमाथि नै हातपात गरेका हुन् ।
घटनास्थलमा प्रहरी भएकाले तत्कालै दुवै पक्षलाई नियन्त्रणमा लिएको छ ।
आफूलाई सामाजिक अभियन्ता बताउने शाहीले अभद्र गतिविधि गर्दै आएका छन् । विमानमा ढिलाई गरेको भन्दै उनले मन्त्री भट्टराईमाथि विमानभित्रै दुव्र्यवहार गरेका थिए ।
आफ्नो नाम ज्ञानबहादुर शाही भएपनि ज्ञानेन्द्र शाही भनेर उल्लेख गरेको, एसएलसीमा फेल भएको र सिएको नक्कली सर्टिफिकेट रहेको भनेर प्रश्न गरेपछि शाहीले पत्रकारमाथि नै अनेक आरोप लगाएपछि झडप भएको हो ।
भ्रष्टाचार विरोधी अभियानमा लागेका ज्ञानेन्द्र शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको छ।
ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा हात हालाहाल भएको हो।
शाहीले शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण विमान उडान एक घण्टा ढिलो भएको भन्दै मन्त्री भट्टराईविरुद्ध प्रदर्शन गरेका थिए।
सोही विषयलाई लिएर उनले आइतबार दिउँसो १ बजे पुल्चोकमा पत्रकार सम्मेलन आयोजना गरेका थिए।
पत्रकार सम्मेलनमा पुगेको एक समूहले उनीमाथि प्रश्न गरेका थिए। प्रश्नमाथि प्रश्न गरेपछि शाहीका सहयोगीले रोक्न खोज्ने क्रममा हात हालाहाल भएको हो।
प्रहरीले शाहीको पत्रकार सम्मेलनमा हुलहुज्जत भएपछि सुरक्षाका लागि उनलाई नियन्त्रणमा लिएर परिसर ललितपुर लगेको छ।
परिसरका डीएसपी देवेन्द्र पाण्डेले पत्रकार सम्मेलनमा झडपकाेस्थिति बनेपछि शाहीलाई सुरक्षित रूपमा परिसर लगिरहेकाे बताए।