परेवाखबर संवाददाता
भदौ २८,काठमाडौँ

अध्ययन तथा विभिन्न पेशा व्यवसाय गरेर काठमाडौँ बस्दै आउनु भएका निस्दी गाउँपालिका भित्रका दाजुभाई तथा दिदी बहिनीहरुको वृहत भेला काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न भएको छ ।

भेलामा बोल्नु हुँदै समाजसेवी हिरु सरा रानाले निस्दीको विकासका निम्ती काठमाडौँमा रहेका बौद्धिक सर्कलले सहयोग र खबरदारी गर्दै समग्र निस्दीको विकासमा टेवा परयाउनु पर्ने बताउनु भयो । उहाँले निस्दी एउटा मगर संस्कृतिको केन्द्र भएकाले त्यसक्षेत्रको प्रचार प्रसार गर्नु पर्ने र काठमाडौँमा रहनुभएका निस्दीबासी दाजुभाई दिदीबहिनीहरुले सुख दुख साटासाट गर्ने एउटा थलोको रुपमा यो समाजलाई बनाउन सक्नु पर्ने बताउनु भयो । त्यसको निम्ती आफुले सक्दो सहयोग गर्न कुनै पनि कन्जुस्याँई नगर्ने उहाँले बताउनु भयो ।

त्यस्तै गरी भेलालाई संवोधन गर्नु हुँदै चर्चित लोक तथा दोहोरी गायक हुम गैरेले निस्दीबासी दाजुभाई दिदीबहिनीहरु यसरी एक जुट हुँदा आफुलाई खुशी लागेको बताउँदै काठमाडौँमा रहनु भएको निस्दीबासीको हरेक दुखसुखमा आफुले साथ सहयोग दिने बचनबद्धता जनाउनु भयो ।


त्यस्तै गरी भारतिय चलचित्र क्षेत्रमा आबद्ध कलाकार बुद्ध सुनारीले आफुलाई यो भेलाले उत्साहित बनाएको भन्दै निस्दीको कला संस्कृतिको संरक्षण तथा प्रचारमा पनि जुटनु पर्ने बताउनु भयो ।


कार्यक्रमको उदेश्यबारे प्रकाश पार्नुहुँदै भेलाका अभियान्ता तथा पत्रकार कुशल अर्यालले,निस्दीबाट काठमाडौँ अध्ययनमा रहनुभएका विद्यार्थीहरुलाई कोठा खोजीदिने,जागिर खोजी दिन मद्धत गर्ने, विरामी हुँदा अप्ठेरो परेको बेला सर सहयोग गर्ने जस्ता सानासाना तर महत्पुर्ण कार्यदेखी निस्दी गाउँपालिका एउटा मगर संस्कृतिको धरोहर र प्राकृतिक सम्पदाले भरीपुर्ण भएका कारण यसको प्रचार प्रसार तथा प्रर्वद्धनमा सहयोग पुरयाउने खालका गतिविधि गर्ने देखी लिएर निकट भविष्यमा निस्दी गाउँपालिकालाई चिनाउने र जनतालाइृ हित हुने खालका योजनाहरु समेत लिएर अघि बडने उदेश्यका साथ यो भेला आयोजना गरिएको बताउनु भयो ।

भेलाले निस्दी काठमाडौँ सम्पर्क समाज पनि गठन गरेको छ । जसको अध्यक्षमा दिपक अर्याल, उपाध्यक्षमा केशरी खण्डलुक सचिवमा पुनाराम सुनारी, सह सचिवमा भिम गाहा मगर, कोषाध्यक्षमा धर्म रानालाई चयन गरेको छ भने उपस्थित सबैलाई सदस्यमा चयन गरेको छ ।

भेलाले हुम गैरे,हिरु राना,सीता पाण्डे,कुशल अर्याल,दिल पचभैया,बुद्ध सुनारी,देवानसिं राईलाई सल्लाहाकारको रुपमा चयन गरेको छ र अन्य सदस्य तथा सल्लाहाकारहरु आवश्यकता अनुसार थप गरिदै लगिने समाजले जानकारी दिएको छ । आगामी भेलामा गाउँपालिका तथा जप्रतिनिधीहरुसँगपनि सरसल्लाह सुझाब लिएर योजनाबद्ध ढंगले ७ वटै वडालाई समेटने गरी वृहत भेला राखीने समाजका अध्यक्ष दिपक अर्यालले जानकारी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय