बन्दना पोखरेल
पाल्पा रामपुर

सदाका बर्षको जस्तै यस वर्ष पनि स्राद र्पुणिमाको दिन रामपुर नेवार समाजको तर्फबाट ११ औ बृहत लाखे नाच प्रर्दशनि भएको हो। र्पूणीमाको अवसर पारि भएको बृहत लाखेनाच प्रर्दशनि आज समापन भएको छ । हाम्रो पहिचान सस्कृतिको सम्मान भन्ने नाराका साथ भएको लाखे नाचमा पाल्पा स्यांङ्जा तनहू बाट १८ समुह आफ्ना भेष भुसामा नर नारि सजिएर सहभागि भएका थिए । दिन भरनै झरी परेपनि लाखे र्हेनेको भने भिड देखिन्थ्यो । खास गरि नेवार महिला पुरुष आफ्नो मौलिक पोषाकमा सजिएको बजारमा देखिन्थ्यो ।
विभिन्न ठाउँबाट प्रर्दशनिमा आएका समुहहरुले आफ्नो विषेशता झल्कने मैलिक पोषाक सहित विभिन्न नाम लेखिएका व्यानर बोकेर आएका थिए । औपचारिक कार्यक्रमका साथ भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश न ५ का प्रदेश सांसद युबराज खनाल रहनु भएको हो । मुख्य पाउना खनालले पानसमा दिप प्रजोलन गरेर कार्यक्रमको उद्घाटन गर्दै प्रकृति सँग जोडिएको इतिहास बोकेको लाखेनाच नेबार समुदायको मात्र नभई यो सवै नेपालिको पहिचान रहेको बताउनु भएको छ । कार्यक्रममा नेवार समाज रामपुरका सल्लाहाकार राजु प्रसाद श्रेष्ठले बोल्दै भक्तपुरमा रहेको नेवार समुदाय छरिएर यहाँ सम्म आएको ईतिहास बताउदै प्राचिनकालमा एक राक्षसले समाजमा सवैलाई दुख दिए पछि त्यसलाई डराउन दिन र समाजलाई राक्षस बाट बचाउन त्यो राक्षस भन्दा डरलाग्दो राक्षसको रुप बनाएर डराउन दिई समाजलाई बचाएको ईतिहास बताउनु भएको थियो । त्यसै गरि उद्योग बाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्र प्रकास ढकाल लगाएतले शुभकामना दिनुभएको कार्यक्रमको स्वागत समाजका कार्यसमिति सदस्य रुद्रनारायण श्रेष्ठले र्गनु भएकोृ थियो । सस्थाका अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षतामा र सन्चालन सचिव विमल श्रेष्ठले र्गनु भएको हो ।
अनेकतामा एकता रहेको नेपालि समाजलाई यस्ता सस्कृतिले जोडेको छ । दिन भर झरिका बाबजुद भएको यो कार्यक्रममा लाखे नाच सहित र्यालिले बेझाड बजार परिक्रममा गरेर थियो भने यहि अवसरमा ८० बर्ष माथिका नेवार समुदाय भित्रका बृद्धबृद्धालाई सम्मान गरिएको हो । समाजले लाखे प्रर्दशन प्रचात सहभागिलाई पुरस्कार समेत वितरण गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय