बन्दना पोखरेल

पाल्पा रामपुर

पाल्पा स्यांङ्जा तनहू र नवलपरासि जिल्ला लक्षित गरि बृहत लाखे नाच प्रर्दशनि हुने भएको छ । सदाका बर्षको जस्तै यस वर्ष पनि रामपुर नेवार समाजको तर्फबाट ११ औ बृहत लाखे नाच प्रर्दशनि हुने भएको छ । प्राचिनकालमा राजाका सिपाईले घण्टाकर्ण नाम गरेका राक्षसलाई मारेपछि पति वियोगमा विहोल बनेकि उनकि श्रीमति लाखे बनेर नाचेको किम्वदन्ति रहेको छ । त्यसको प्रतिक स्वरुप नेवार समुदायले बर्षेनी लाखे नाच  प्रर्दशनि गर्दै आएको इतिहास रहेको छ । यसकै सरंक्षण स्वरुप रामपुरमा पनि नेबारहरुले यो नाच प्रर्दशनि गर्दै आईरहेका छन् । भदौ २८ र्पुणीमाका दिन रामपुर बेझाड बजारमा बृहत लाखे नाच हुने भएको छ । सहभागि पुरस्कार समेतको व्यवस्था सहित आयोजना गरिएको लाखे नाच प्रर्दशनिमा नेबार समाज भित्रका जेष्ठ नागरिकहरुलार्ई सम्मान समेत गर्ने र यसको सम्र्पुण तयारि पुरा भएको उप समिति सदस्य अशोक श्रेष्ठले जानकारि दिनु भएको छ । लाखे नाच प्रर्दशनिलाई व्यवस्थित बनाउन विभिन्न उप समिति गठन भएको छ । बजार परिक्रमा सहित हुने बृहत लाखे नाचको सम्र्पुण तयारि पुरा भएको सचिव विमल श्रेष्ठले जानकारि दिनु भएको छ।

परापुर्ब काल देखि नै नेपालले आफ्नो मौलिक कला सस्कृतिको विकास संरक्षण गर्दै आएको छ । त्यसमा पनि नेवारी सस्कृति अत्यन्तै लोक प्रिय मानीन्छ । तर पछिल्लो समय यो लोप हुने अवस्थामा पुगेपछि रामपुरको नेवार समुदायले आफ्ना  कला सस्कृति बचाउन आफै लागि परेका छन् । परम्परा अनुसार साउन कृष्ण पक्षको चतुर्थीका दिन पर्ने गठेमङ्गल देखि लाखे नाच  नचाउने चलन रहेको छ । लाखे नाचमा ढोलक , झ्यालि, बासुरि लगाएतका बाजा बजाउने गरिन्छ । पुस्ता हस्तान्तरणको अभावमा ३०० सय बर्ष पुरानो ईतिहास बोकेको यो नाच पहिले जस्तो नरहेपछि यसको संरक्षणका लागि जुटेको नेवार समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठले बताउनु भएको छ ।

पहिले कृषिमा आधारीत जिबन सैलि थियो सबै एकै ठाउँ बस्थे अहिले पठाइ, रोजगारि जस्ता विभीन्न कारणले युवाहरु गाउँमा बस्दैनन भएका युवाको जिबन सैलि पनि व्यस्थ रहेको हून्छ त्यसैले पनि नाच संरक्षण गर्न कठिन भएको बताउदै पुस्ता हस्तान्तरण हुन नसकेको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ । तिजको रौनकका विच लाखे नाचले तिज विर्सजन गर्ने चलन रहेको छ ।

लाखेनाच बिभिन्न तालमा नचाईने गरिन्छ । राक्षसको स्वरुप झल्कने मुकुट र देवि बस्त्र सहित कलाकारलाई सिगांरेर नचाईन्छ । जसमा राक्षसि प्रविधि देखाउने गरि जोगिया समेत रहने र्गदछन् । जिल्लाका नेवार समुदायले बर्षे नाचका रुपमा लाखे, होवा, रोपाई जस्ता नाच प्रर्दशनि गर्दछन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय