बन्दना पोखरेल रामपुर पाल्पा
हरितालिका तिजको पाबन अबसरमा अखिल नेपाल महिला संघले तिज गित प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा प्रदेश न ५ का कृषि तथा सहकारि मन्त्री आरति पौड्याल प्रमुख अतिथि रहनु भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्रि पौड्यालले प्रदेश सरकार कृषिलाई प्राथमिकतामा राखेर कृषि बाटै विकासको सुरुवात गर्न लागेको बताउनु भएको छ उहाँले एक फरक प्रसंगमा महिला खुशि भए मात्र परिबार खुशि हुने बताउनु भएको छ ।मन्त्री पौड्यालले बल्दै तिज महिलाहरुलले आफ्ना भाबना र बर्ष भरिका पिडा र व्याथालाई गित मार्फत गाउने र्पव हो सँगै तिज परिस्कृत भएको छ अखिल नेपाल महिला संघको कार्यक्रम जहाँ बिकास र समृद्धी जोड दिदै महिलाका विभिन्न अधिकारका बारेमा सचेत गराउने गरिन्छ । शुभकामना दिदै उहाँले भन्नु भएको छ अव राष्ट्र निर्माणमा महिलाले भुमिका निभाह गर्नु र्पछ । अहिले ५ न प्रदेशले आर्थिक समृद्धिका लागि कृषीमा आधारित विभिन्न योजनाहरु ल्याएको छ । उहाँले युवाहरुलाई स्वदेशमै कसरि रोजगारि सृजना र्गन भन्ने विषयमा संघ प्रदेश र स्थानिय तिनै तहको सरकार लागि परेकोव बताउनु भएको छ गितमार्फत उठेका वैदेशिक रोजगारिले पारेको प्रभावका बारेमा बोल्दै उहाँले अहिले आत्ति हाल्नु पर्ने अवस्था नरहेको बताउदै बैदेशिक रोजगारिमा जानेको संख्या विगतको तुलनामा बाहिर जानेको संख्या ३२ प्रतिशतले कमि आएको बताउनु भएको छ । उहाँले अहिले युवाहरु स्वदेश मै काम गर्न लागेको बताउनु भएको थियो गत बर्ष सरकारले कानुन निर्माणमै लागेर ४६ बटा कानुन निर्माण भएको बताउनु भयो । उहाँले प्रदेश सरकारको बजेट पृथक ढंगले अघि बढेको बताउनुभएको छ जसका निम्ति हरित कृषी योजना , स्माट कृषि योजना र्पयटनका कुरा जस्ता विषयमा बोल्दै अहिले जमिन खण्डिकृत भएको छ । सामुहिक रुपमा जग्गालाई चक्ला बन्दि गरेर सामुहिक खेतिका लागि आएको खण्डमा राज्यले यसमा लगानी गर्ने बताउनुभएको छ । उहाँले प्रदेशले ल्याएका योजनाका बारेमा बोल्दै रामपुर कपुरकोट मोटर बाटो जुन फूल डि पी आर का लागि बजेट विनियोजन भएको भन्दै मुख्य मन्त्रि गा्रमिण विकास योजनाका बारेमा बताउनु भएको थियो । जनता सँग प्रतेक्ष सरोकार राख्नर जनता आबास कार्यक्रम अगाडि बढिरहेको बताउनु भएको छ ।
अखिल नेपाल महिला संघ रामपुरको अध्यक्ष दुर्गा देवि रानाको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभाका सदस्य नारायणी शर्मा घिमिरेले, रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा , बैज्यनाथ गाउँपालिकाका उपप्रमुख शारदा देवी रेग्मी विक लगाएतले बोल्नु भएको थियो । प्रतियोगितामा रामपुर नगरपालिका निस्दी गाउँपालिका चापाकोट नगरपालिका का १२ समुहले समाजका विकृति विसंगति कु प्रथाका बारेका महिला सशक्तिकरणका विषयमा गति र नृत्य प्रस्तुत गरेका थिय । प्रतियोगितामा रामपुर नगरपालिका १० को मिना न्यौपानेको समुह प्रथम , रामपुर ३ रजघराको समुह द्धितिय, रामपुर २ फूलमायाँ कुमालको समुह तृतिय र रामपुर ५ सिता ढकालको समुह सान्त्वना भएको छ । प्रशन्न खनालको समुह उत्कृष्ठ भएको छ । प्रतियोगितामा विजयी समुहलाई क्रमश नगद १२ हजार ८ हजार 4 हजार 2 हजार र २ हजार सहित प्रमाण पत्र वितरण गरिएको छ ।कार्यक्रमको अवसरमा भुमिगत तथा विभिन्न समस्या परेको समयमा संगठनलाई सहयोग गर्ने अग्रज २० जना महीलाहरुलाई सम्मान गरिएकोे छ । अखिल नेपाल महिला संघका सखस्य गिता देवि विकको स्वागतमा भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरि गायक नारायण लेकालि ,डिवि कालिज र हरि प्रसाद पोखरेल आफ्ना प्रस्तुति राख्नु भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय