काठमाडौं १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न आज नेकपाका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर जाने भएका छन्।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न गौतम र पौडेल मंगलबार दिउँसो सिंगापुर जान लागेका हुन्।

पौडेलका स्वकीय सचिव यम पाण्डेले पार्टीको तर्फबाट प्रधानमन्त्री ओलीलाई भेट्न गौतम र पौडेल सिंगापुर जान लागेको जानकारी दिएका छन।

‘दिउँसो साढे १ बजे नेताद्वय सिंगापुर जाँदै हुनुहुन्छ,’ पाण्डेले भने, ‘उहाँहरु पनि प्रधानमन्त्रीसँगै स्वदेश फर्कने कार्यक्रम छ।’

५ भदौदेखि सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा ओलीको मृगौलाको उपचार भइरहेको छ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

ओली शुक्रबार वा शनिबार स्वदेश फर्कने नेकपा स्रोतले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय