बन्दना पोखरेल रामपुर पाल्पा

अहिले देश भरिनै लत्ताकपडा सहितका सामाग्री आवश्यक भएका व्यक्तिहरुलाई सहज रूपमा उपलब्ध गराउनका लागि कपडा बैंक स्थापना भैरहेको छ सोहि अबसरमा पाल्पा रामपुरमा पनि कपडा बैंक स्थापना गरिएकोछ । यहाँको स्थानिय कल्व रामपुर युवा क्बलको सकृयतामा यो सन्चालन गरिएको हो ।

बैंकको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले संकलन भएको कपडा हस्तान्तरण गरी शुभारम्भ गर्नु भएको थियो । कपडा बैंकको शुभारम्भ गर्दै नगर प्रमुख थापाले बाह्य मुलुकमा भएका कपडा बैंक प्रयोगको बारेमा जानकारी दिदै कपडा बैंक विपन्न र उच्च वर्ग दुवैको लागि मनपरेको लुगा लगाउने र मन नपर्ने लुगा राख्ने स्थानको रुपमा  अगाडि बढ्न सकोस भनि सुभकामना दिनुभएको थियो ।

उहाँले कपडा बैंकले विपन्नलाई मात्रै नभई सम्पन्न परिवारलाई पनि आफ्नो इच्छा अनुसारको लुगा पाईने स्थान हो भन्ने बारेमा जानकारी दिनु आवश्यक रहेको बताउनु भएको छ । यो कार्यले नगरको विकासमा थप टेवा दिएको बताउँदै नगरपालिकाको तर्फबाट ५० हजार सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भएकोछ ।कार्यक्रमका प्रमुख अतिथि थापाले यो परोपकारि काम जुन उत्साहका साथ सुरू भएको यसलाइ निरन्तरता दिन समेत सुझाउनु भएको थियो।   सुरुवात महत्वपूर्ण कुरा हो  यसलाई चुस्त व्यवस्थापन र प्रभावकारी बनाउने कार्यमा लाग्न विपन्न, असहाय तथा प्राकृतिक विपद्मा परेका नागरिकहरुलाई निःशुल्क प्रदान गर्ने उद्देश्यले रामपुर युवा क्लवले कपडा बैंक सञ्चालनमा ल्याएको हो । पाल्पाको उदाउँदो शहर रामपुरको मुख्य बजार बेझाँड चोकमा शुक्रबारदेखि कपडा बैंक सञ्चालनमा आएको छ । क्लवको १७ औं वार्षिक उत्सव संगै कुशे औसीको अवसरमा क्लवले विभिन्न व्यक्ति, संघ संस्था,पसलहरुको सहयोगमा पुन प्रयोग गर्न योग्य कपडाहरु संकलन गरी बैंक सञ्चालनमा ल्याएको हो ।

कार्यक्रममा क्लवका सल्लाहाकार संयोजक लेखनाथ शर्मा मरासिनी, सल्लाहाकार हजिल दिन मियाँ र क्लवका संस्थापक अध्यक्ष ऋषि पोखरेल लगायतले बोल्दै बैंकको दिगो सञ्चालनमा सबैले ध्यान दिनु आवश्यक रहेको बताउनु भएको छ । क्लवका अध्यक्ष छमबहादुर दरैंले सामाजिक सञ्जालमा देखेको आधारमा रामपुरमा पनि किन सञ्चालन नगर्ने भन्ने हिसाबले बैंक सञ्चालन गरेको बताउदै यसलाइ निरन्तरता दिन सबैले सहयोग गर्न आग्रह गर्नु भएको थियो । उहाँले आवश्यक लुगा संकलन गरी विपन्न परिवार तथा प्राकृतिक विपद्मा परेका नागरिकलाई सहयोग गर्ने लक्ष्य रहेको बताउनु भएको थियो । उहाँले भने, ‘विभिन्न व्यक्ति, संस्था तथा पसलहरुबाट लुगा संकलन भैरहेको छ ।चोकमा लुगा संकलन सम्भव नहुने भएकाले सुरुवात त्यहाँ बाट गरेका छौं । आफ्नै भवनबाट निरन्तरता दिने छौं । ’ क्लवका सचिव सुन्दर कंडेलले पुन प्रयोग गर्न मिल्ने कपडाहरु निर्मलीकरण गरेको मात्र संकलन गरिएको बताउनु भएको छ । उनले पसलहरुबाट समेत नयाँ लुगाहरु प्राप्त भएको भन्दै थप उत्साह जगाएको बताउनु भएको छ । उहाँले बैंकलाई कर्मचारी खटाएर आफ्नै भवन मार्फत सञ्चालन गर्ने सोच रहेको जानकारी दिनुभएको छ । पूर्व अध्यक्ष अशोक श्रेष्ठको स्वागत, सचिव सुन्दर कंडेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।


50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय