पाल्प्ा रामपुर

कृषि मन्त्रालय प्रदेश नं ५ ले संचालन गरेको एक हप्ते पुष्प खेती नर्सरी निर्माण तथा बगैचा व्यवस्थापन तालीममा सिकेका सीप र ज्ञानलाई व्यावहारिक रुपमा प्रयोग गर्न परिक्षणको रुपमा जिल्लामै पहिलोपटक व्यावसायिक रुपमा पुष्प खेती सुरू भएको छ  । दशंै तथा तिहारलाई मध्यनजर गर्दै पाल्पाको रामपुरमा व्यवसायिक फूल खेती सुरु भएको छ । रामपुर ४ देवीस्थान र कासजरीमा व्यवसायिक फूल खेती सुरु गरिएको हो ।
मखमली र सयपत्री फूललाई विशेष गरी तिहारको मुख्य पहिचानका रुपमा लिने गरिन्छ । स्थानीय जातका फूलहरु तिहार अघि नै वा तिहारपछि फुल्ने गरेको पाइन्छ । जसका कारण फूलहरुको अभावमा बाहिरबाट आयात गर्नुपर्दा मंहगो पर्ने हुनाले कृतिम पलाष्टिकका मालाको प्रयोग पनि बढ्दो छ । कृतिम फूलहरुको मागलाई रोक्न रामपुर ४ देविस्थानका अगुवा कृषक दिलबहादुर थापाले रामपुर नर्सरी सञ्चालन गरी फूलखेती सुरु गर्नु भएको छ  । उहाँले सयपत्री र मखमलीको नर्सरी तयार गरी अहिलेलाई परीक्षणका लागि एक रोपनीमा फूल खेती सुरु गर्नुभएको हो । विगत केही वर्षदेखि तरकारी खेतीमा रम्दै आउनुभएका थापाले यस वर्षदेखि भने फूलखेती सुरु गर्नुभएको हो । केही समय अघि एक हप्ते व्यवसायिक पुष्पखेती, नर्सरी तथा बगंैचा व्यवस्थापन सम्बन्धी तालिम लिएर फर्केका थापाले मौलिक पर्वहरु दशैं तथा तिहारको मौलिकता जोगाउनका लागि पहिलो चरणमा सयपत्री र मखमली सुरु गरेको बताउनुहुन्छ । ‘दशैंमा टिकासँगै कानमा फूल लगाईदिने, तिहारमा मखमली र सयपत्रीको माला लगाउने हाम्रो मौलिक परम्परा हो । यसको सट्टामा बजारमा पाइने प्लाष्टिकका माला प्रयोग गर्ने हो भने त मौलिकता के रÞयो र हाम्रो?’ उहाँले भन्नुभयो साथै  तिहारको समयमा भारतबाट लाखौंको फूल आयात हुने गरेको यथार्थ रहेको र बाहिरबाट ल्याउँदा महंगो पर्ने भएकाले आफ्नै स्थानमा फूल खेती सुरु गरिएको बताउनु भएको छ ।
घरहरुको सौन्दर्यका लागि बनाइएका बगैँचा र गमलाको लागि आवश्यक विरुवा तयार गर्ने उद्देश्यका साथ अघि बढेका थापाले अहिले भने परीक्षणको रुपमा आफ्नो गाउँ, टोललाई पुग्ने गरी १ रोपनी बढीमा विरुवा लगाइएको बताउनु भएको छ । सानो लगानीमा उहाँले भाडाको जग्गामा हाईव्रिड जातको मखमली र हाईव्रिडसंगै उन्नत जातको सयपत्री लगाउनु भएको छ । नर्सरीबाट उत्पादन भएको विरुवाबाट रामपुर ४ कासजरीको उद्यमी कृषक समुहले पनि खेतीसुरु गरेको छ । १८ जना महिलाहरु सहभागी रहेको समुहले खाली रहेको १ रोपनी बढी जग्गामा फूलखेती सुरु गरेको रामपुर नगरपालिकाका कार्यपालिका सदस्य सिमा रानाले बताउनु भएको छ  । समूहले पनि तिहार लक्षित गरी फुल खेती सुरु गरेको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय