बन्दना पाेखरेल रामपुर पाल्पा / भदौ १० निस्दी गाउँपालिका मित्याल पाल्पाको आर्थिक वर्ष २०७५/०७६ को तेस्रो सार्वजनिक सुनुवाइ आज सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइमा प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्यालले प्रतिवेदन पेश गर्नुहँदै गत आव २०७५/०७६ मा गाउँपालिकाले ९७ प्रतिशत भौतिक प्रगती गरेको बताउनुहुँदै गाउँपालिकाको प्रमुख प्रशासकीय भवन तथा वाहुउद्देश्सीय सभा हलको डिपिआर गर्न सफल भएको बताउनुभयो । साथै उहाँले नेपाल टेलिकमको टावर परिक्षण वायु उर्जाको परिक्षण गर्न सफल भएको बताउनुभएकाे छ । चालू आर्थिक वर्षको लागि गाउँपालिकाले कुल ४७ करोड ६८ लाख बराबरको बजेट ल्याएको जानकारी गराउनुभएको थियोे । उपाध्यक्ष रिताकुमारी अर्यालको स्वागत बाट शुरुभएको कार्यक्रममा स्थानीय नागरिकले शिक्षा , स्वास्थ , विद्धुत , कृषि , खानेपानी , यातायात , युवा सशक्तीकरण लगायतको विषयमा जिज्ञासा राखेका थिए । सहभागीले उठाएका जिज्ञासाको प्रमुख प्रशासकीय अधिकृत ,विषयगत कार्यालयका शाखा संयोजक , जनप्रतिनिधि लगायत जवाफ दिनुभएको थियो । सार्वजनिक सुनुवाइको सहजीकरण पत्रकार नेत्र गैरेले गर्नुभएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय