चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने र युवराज कँडेलसहित तीनै जनाको बयान सकिएकाे छ ।  बयान सकिएपछि  थुनछेक बहस शुरू भएको छ ।

जिल्ला अदालत चितवनका श्रेस्तेदार रुद्रमणि गिरीले अहिले न्यायाधीश हेमन्त रावलको इजलासमा थुनछेक बहस भइरहेको जानकारी दिनुभयो ।

थुनछेक बहसपछि अदालतले उनीहरूलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ।

तीनैजनाविरुद्ध आइतबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय