बन्दना पाेखरेल रामपुर पाल्पा

रम्भा गाउँपालिका वडा न २ फोक्सिङ्कोटमा एक दिने बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भयको छ । रम्भा गाउपालिकाको आर्थिक सहयोगमा सन्चालन गरिएको अभिमुखिकरण कार्यक्रममा फोक्सिङ्कोटका विद्यालयहरुका शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ,शिक्षक अभिभावक संघका अध्यक्ष तथा जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । साना हुगि माध्यमिक विद्यालयमा सन्चालन गरिएको अभिमुखिकरण कार्यक्रममा बालमैत्री सासनको को परिभाषा , बालमैत्री स्थानीय सासनका लागि तय गरिएको सुचक,विद्यालयले पूरा गर्नु पर्ने भुमिका, बाल हिंसा बाल, सहभागिता , बाल मैत्री बाताबरण निर्माणमा स्थानीय स्तरका भुमिका र प्रयास बारे छलफल चलाइयको थियोे । कार्यक्रममा रम्भा गाउँपालिका स्वास्थ्य शाखा सम्योजक महेस प्रसाद आचार्य ,बालमैत्री स्थानीय शासन रम्भा गाउँपालिका कार्यदलका सदस्य कुश्माखर पाण्डेले सहजीकरण गर्नु भएको थियोे । बालमैत्री विद्यालय घोषणा गर्नका लागि आबश्यक शिक्षा तथा स्वास्थ क्षेत्रमा २७वटा सुचकहरुका बारेमा छलफल चलेको थियो। रम्भा गाउपालिकाको नीति तथा कार्यक्रममा गाउपालिका लाई २०७७ जेठ मसान्तसम्ममा बाल मैत्री गाउपालिका घोषणा गर्ने कार्यक्रम अनुरुप यहाँका सबै वडा मा कार्यक्रम सन्चालन भैरहेको छ ।फोक्सिङकोटलाइ २०७६ चैत मसान्तसम्म मा बालमैत्री वडा घोषणा गर्ने तयारी गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि वडा न २ का वडाध्यक्ष उमान सिं सारुले निर्धारित सुचकहरु पूरा गरि बाल मैत्री गाउपालिका बनाउन सबैमा आग्रह गर्नु भएको थियो ।गाउपालिका सदस्य भोबिसरा सारुले पालिकाको नीति तथा कार्यक्रम अन्तर्गत यो काममा लागिएको र यसलाइ सफल बनाउन सबैले सहयोग गर्नु पार्नेमा जोड दिनु भएको थियो ३४ जना सहभागी रहेको कार्यक्रममा साना हुगि माबी का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जित बहादुर गाहाको अध्यक्षतामा चलेको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय