पाल्पा रामपुर २०७६ भदाै ८

प्राकृतिक सम्पदाको संरक्षण गर्नु हामी सबैको कर्तब्य हो भन्ने नारा सहित राम्चे सामुदायिक बन उपभोक्ता समुहको ३८ औ उपभोक्ता भेला तथा ११औ अधिबेशन भएको छ ।भेलाका प्रमुख अथिती प्रदेश न ५ प्रदेश साम्सद युबराज खनालले उद्घाटन गर्दै रामपुरको पर्यावरणको आधार सुन्दरता सितलता दिने कालीगण्डकी नदि डाइभर्सन हुदै गर्दा यो क्षेत्रमा बर्षा हुन समेत गाह्रो हुने हरियाली हराउने र राम्चे जस्ता बनहरु उजाड हुन सक्छन यसका लागि सबै बुझेर लाग्ने बताउदै साम्सद खनालले यस बर्ष ५० लाख प्रदेश सरकारले पर्यटन प्रबन्धको सुरुवात गर्न राम्चे सामुदायिक बनका लागि बजेट बिनियोजन गरेको छ । यसलाई निरन्तरता दिने बताउनु भएको छ । त्यस्तै ७५ लाख खेलकुद मैदान निर्माणका लागि असार अघि नै नगरपालिकाको खातामा आइसकेको तर काम नभयको भन्दै२ करोड समपुरक बजेट रहेको छ यो नगरपालिका संग मिलेर काम गर्ने बताउनु भएको छ रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा राज्यले बन ऐन निर्माण गर्दै गर्दा जसले बन हुर्काउछ उसले नै उपभोग गर्न पाउने गरि बनोस् पर्यावरण र पर्यटनको कुरा गर्दा कालीगण्डकी डाइभर्सनले राम्दी मुनिको भाग हरियो नरहने यहाँ उजाड मरुभूमि हुने बताउनु भएको छ । सामुदायिक बन उपभोक्ता महासंघ केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ रामपुर नगरपालिका विशेष समन्वय समिति सदस्य राजु प्रसाद श्रेष्ठ वडा न ५ का वडाध्यक्ष हिमाल मल्ल,मरिच लामा रामपुर सब डिभिजन बन कार्यालयका प्रमुख, बन महासघ प्रदेश सदस्य बिन्दु श्रेष्ठलगायतले आफ्ना भनाइहरु राख्नु भयको हो । कार्यक्रममा आगामी दिनका योजना र कार्य प्रगति प्रतिबेदन बनका अध्यक्ष कृतिनाथ श्रेष्ठले र ३६ लाख बराबरको आथिर्क प्रतिबेदन कोषाध्यक्ष कासिनाथ रेग्मीले प्रस्तुत गर्नु भएको हो । कार्यक्रमको सन्चालन सचिब राधिका भण्डारीले गर्नु भयको छ

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय