अखिल नेपाल महिला संघ रामपुर नगरकमिटिको बैठक बसेको छ । मदन आश्रित प्रतिष्ठान भवन बेझाडमा अखिल नेपाल महिला संघ रामपुर नगर कमिटिको अध्यक्ष दुर्गा देवि रानाको अध्यक्षतामा बैठक बसेको हो । अखिल नेपाल नगर कमिटि कोषाध्यक्ष इश्वरी लम्सालको स्वागत बाट शुरुभएको बैठकको मुख्य पाहुना प्रदेस सभा सदस्य युवराज खनालले बोल्दै महिला दिदिबैनिहरुको महान पर्व हरितालिका तिजको अवश्वरमा हुने तिजगित प्रतियोगिता भब्य र सव्य रुपमा सफल पार्न सबैले आ आफ्नो ठाउबाट सहयोग गर्न अनुरोध गदै हरितालिका तिजको सबैलाइ शुभकामना दिनु भएको हो । बैठकले हरेक वर्ष तिजको भोलि पल्ट पारनको दिन गदै आएको तिज गित प्रतियोगिता यस वर्ष पारन नभएर पञ्चमी भएकाले पञ्चमी भए पनि तिजकै भोलि पल्ट तिजगित प्रतियोगिता गर्ने निर्णय गरेको छ । बैठकले विभिन्न उपसमिति गराएर आ आफ्नो जिम्मेबारी बाडफाड गरेको छ । बैठकमा नगर इन्चार्ज राजु प्रसाद श्रेष्ठ,जिल्ला कमिटि सदस्य विनोद श्रेष्ठ,नगर कमिटि अध्यक्ष कमलराज भट्टराइ ,अ ने म सघ जिल्ला कमिटि सदस्य इश्वरी खनाल,लगायतले आफ्ना भनाइ राख्नु भएको थियो । बैठकले अध्यक्षदुर्गा देवि राना संयोजक रहेको आथिक उपसमिति,विन्दु श्रेष्ठ संयोजक रहेको मन्च व्वयावस्थापन उपसमिति,बन्दना पोखरेल संयोजक रहेको प्रचारप्रसार उपसमिति,खुममाया राना संयोजक रहेको प्रमाणपत्र,व्याच तथा व्वयानर व्ववस्थापन उपसमिति चयन गरी जिम्मेबारी विभाजन गरेको हो । बैठकको संचालन सचिव सन्जु परियारले गर्नु भएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय