बन्दना पोखरेल रामपुर २ भाद्र ०७६ पाल्पा जिल्ला क्षेत्र नम्बर १ का सङ्घिय साम्सद एवम पुर्ब मन्त्री दल बहादुर राना मगरले जन भेटघाट एवम योजनाहरुको अनुगमन गर्नु भएको छ। आर्थिक बर्षको शुरूवात भए लगतै गत बर्ष सम्पन्न भएका योजनाहरुको अनुगमन का क्रममा आज रामपुर नगरपालिका को वार्ड न १ को खटाङ्ग,ठुलिबेसी,स्याउलिबजार,पिपलडाडा,साखर्दी,कुमैडाडा,मकैडाडा लगायत का मतदाता हरु सङ्ग भेटघाट गर्नु भएको वडाध्यक्ष मित्रलाल कडेलले जानकारी गराउनु भयो। जनभेट्घाट को क्रममा स्याउली बजार मित्याल मोटर बाटो ,स्याउली बजारमा निर्माणाधीन कालीगण्डकी मोटरेबल पक्की पुल,साखर्दी को सामुदायिक भवन लगयत को अनुगमन निरिक्षण गर्नु हुँदै साम्सद रानाले यो क्षेत्र को बिकासका लागि स्थानिय तह,प्रदेस र केन्द्र बाट आबस्यक पहल भैरहेको बताउनु भयो।स्याउली बजार मित्याल मोटर बाटो निर्माण को लागि आफू लागि परेको कुरा बताउनु हुँदै साम्सद रानले उक्त बाटो र कालीगण्डकी को पक्की पुल को निर्माण कार्य सम्पन्न भए पछि यश भेगका बासिन्दालाइ थोरै भए पनि बिकास को अनुभूति हुने कुरालाइ जोड दिनु भएको थियो। साम्सद राना सङ्ग को भेटघाट को क्रममा स्थानिय बासिन्दाले वार्ड न १ को बिधुतिकरण,लिफ्टिङ्ग सिचाइ,क्वाङ्ग क्वाङ्ग खानेपानी,स्याउली बजार मा प्रहरी चौकी स्थापना लगायत का योजना हरुको बारेमा जिज्ञासा् राख्दै उचित पहल को माग राखेका थिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय