काठमाडौं । गैरआवासीय नेपाली सङ्घएनआरएनए मलेसियाको अध्यक्षमा हरि भट्टराई निर्विरोध अध्यक्षमा चयन हुनुभएको छ ।

पाल्पाको रिडि रिऋीकेष धाम तानसेन नरपालिका वडा १४मा जन्मनु भएका भट्टराई हाल सब परिवार मलेसियामा बसोबास गर्दै आईरहनु भएको छ ।

सानै देखी नै सामाजिक क्षेत्रमा रुची राख्ने भट्टराईले मलेसियामा रहेका समस्यामा परेका नेपाली युवाहरुलाई आफ्नै व्यक्तिगत पहलमा सहयोग गर्दै आउनु भएको छ ।

भट्टराई निर्वाचित भए सँगै पाल्पाली युवाहरुले मलेसियामा खुशीयाली मनाएका छन् उनीहरुले मलेसियामा आईपर्ने हरेक समस्यामा दुख पाउनु पर्ने अवस्था अब नरहेको प्रतिक्रिया दिएका छन्

। पाल्पा निस्दी गाउँपालिका वडा नं ५ निवासी हाल मलेसियामा रोजगारीको शिलशिलामा रहेका रेम बहादुर नेपालीले आफुले हरी भट्टराईलाई नदेखे पनि सबैले उहाँको नाम लिने र परेको बेलामा सहयोग गर्ने व्यक्तिको रुपा परिचित रहेको प्रतिक्रिया दिए । मलेसियामा उहाँको यस्ताखालको सराहनीय कार्यले गर्दा नै अध्यक्ष पदकाका निम्ती एकमात्र उम्मेदवारी परेको थियो ।

भट्टराईसँग अध्यक्षमा निर्वाचन लड्ने भनिएका सुन्दर आले वरिष्ठ उपाध्यक्षमा उम्मेदवार दिएपछि सहमतिमा नयाँ कार्यसमिति चयन भएको हो ।

सङ्घको महिला उपाध्यक्षमा शुभद्रा लिङ्ग्देन, उपाध्यक्षमा ज्ञानेन्द्रबहादुर सिंह, महासचिवमा हेमराज सापकोटा, दुई सचिव पदमा रञ्जितकुमार क्षेत्री, नन्दबहादुर क्षेत्री, कोषाध्यक्ष्मा कृष्णप्रसाद नेपाल, सहकोषाध्यक्षमा राकेशप्रसाद महतो, युवा संयोजकमा रवीलाल अधिकारी, महिला संयोजकमा शारदा देवान याख्या निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै २० कार्यसमिति सदस्यमा पनि सबै निर्विरोध निर्वाचित भएका छन् । अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यमा महेन्द्रजङ्ग शाह र टेकबहादुर टमोटा निर्वाचित भएका छन् ।

लामो समयदेखि मलेसियामा रहेर व्यवसाय गर्दै आइरहेका भट्टराईले त्यहाँ रहेका नेपाली कामदारको हकहितका लागि लागी पर्ने बताएका छन् । उम्मेदवारी घोषणाकै क्रममा उनले कामदारको कल्याणकारी कोषका लागि १४ लाखको अक्षयकोष स्थापना गर्ने बताएका थिए ।

मलेसियामा गैरकानूनी हैसियतमा रहेका कामदारलाई नेपाल पठाउन सहयोग गरिरहेका भट्टराई सामाजिक सेवामा पनि सक्रिय छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय