रवि लामिछाने विरुद्ध पीडित परिवारको किटानी जाहेरी

२०७६ भाद्र १ , काठमाडौँ

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका चर्तित संचारकर्मी रवि लामिछानेसहित तीन जना विरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएको छ ।

पुडासैनीको परिवारले आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं मार्फत लामिछाने सहित पक्राउ परेका युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्की बिरुद्ध किटानी जाहेरी दिएको हो ।

पुडासैनीकी श्रीमती सम्झना घिमिरे पुडासैनीले आफै उपस्थित भएर उजुरी दिएकी प्रहरीले जनाएको छ ।

१३ दिनको संस्कार सकिएपछि किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले हत्याको बाटो रोज्न बाध्य पारेकाको जाहेरीमा उल्लेख गरिएको छ ।

उनले मुलुकी अपराध संहिताको दुरुत्साहनअन्तर्गत कारवाही गर्न माग गरेकी छन् ।

लामिछाने, कंडेल र कार्कीका कारण आफूले आत्महत्या गर्न बाध्य भएको आत्महत्या गरेका पत्रकार पुडासैनीको मोबाइलमा फेला परेको भिडियोमा उल्लेख छ ।
नागरिक खबरबाट साभार गरिएको ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय