परेवाखबर संवाददाता
काठमाडौँ २८ साउन ।


लामो समय देखी अमेरिका बसोबास गर्दै आउनु भएका समाजसेवी पशुपति न्यौपानेले NASeA को आगामी २०१९ देखी २०२१ सम्मको नेतृत्व गरी समाजसेवा गर्ने इच्छा व्यक्त गर्नु भएको छ ।


आगामी सेप्टेम्बर १ मा सम्पन्न हुन गहिरहेको NASeA अर्थात (Nepalese Association in southeast in America को १५ आँै महाधिवेशनका निम्ती समाजसेवी न्यौपानेले अध्यक्ष पदमा रही समाजिक क्षेत्रमा काम गर्न आफु इच्छुक रहेको बताउनु भएको हो ।

परेवा खबरले सोधेको प्रश्नको संक्षिप्त जवाफ दिनुहुँदै समाजसेवी न्यौपानेले आफु कुरा र कार्यक्रमको घोषणा गर्ने भन्दा पनि काम गरेर देखाउन चाहाने स्वभाव रहेको बताउनु भयो ।

उहाँले संस्था र संगठनको हितमा सतिसाल झैँ खडाभईरहने,नेपाली कला सँस्कृति परम्परा र रीतिरिवाजको संरक्षण संवद्र्धनमा पहल गर्ने,राजनीति रहित समाजमुखी र सेवामुखी संस्था बनाउन प्रयत्न गर्ने,नासिया क्षेत्र लगाएत अमेरीकामा रहनुभएका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई जुनसुकैबेला पनि सहयोग गर्न अग्रसर रहने उल्लेख गर्नुभयो ।

नेपालमा विभिन्न समयमा आईपर्ने विपद् तथा प्राकृतिक प्रकोपको लागि आकस्मिक कोष स्थापना गर्ने नेपालले मनाउन लागेको नेपाल भ्रमण वर्षलाई सफल बनाउन सहयोग गर्ने, संस्थाको आफ्नै भवन निर्माणका निम्ती पहल गर्ने र आवश्यक परेको खण्डमा साथीभाईसँग परार्मश र छलफल गरी अन्य महत्वपुर्ण कदम चाल्ने जस्ता योजना आफुसँग रहेको उहाँले जानकारी दिनु भयो ।

स्याङजाको गल्याङमा जन्मनुभई माध्यामिक शिक्षा पाल्पाको जेभिटी स्कुलबाट र कलेज र विश्व विद्यालय शिक्षा अमेरीकाबाटै सम्पन्न गर्नु भएका समाजसेवी न्यौपाने विगत २४ वर्ष देखी अमेरीकाको जर्जिया स्थित एटलान्टा सहरमा स–परिवार बसोबास गर्दै आईरहनु भएको छ ।

समाज र देशका निम्ती केही गर्नु पर्छ भन्ने भावना बोक्नु भएका न्यौपाने अमेरीका प्रवेशगरे सँगै विभिन्न नेपाली संघ संस्थामा आबद्ध रहनु भयो । उहाँले २००८देखी NASeA को आजिवन सदस्य देखी कोषाध्यक्ष हुँदै निरन्तर काम गर्दै आउनुभयो ।

नासियाको कोषाध्यक्षमा रहँदा झण्डै १२००० डलर कोषमा थपगरी एउटा कुशल नेतृत्वको रुपमा आफ्नो पहिचान बनाउन सफल हुनु भयो । उहाँ NASAमा विगत १९ वर्ष देखी आबद्ध रहँदै आउनु भएको छ । समाजसेवी न्यौपानेसँग NAG,NCC जस्ता संस्थाहरुमा सक्रिय सदस्य भई कार्य गरेको लामो अनुभव छ ।

निकै सरल,मिजासिलो स्वभाव भएका, कुरा भन्दा कामलाई प्रथामिक मान्ने न्यौपाने हिन्दु संस्कृतिको गीता अध्ययनमा अत्यन्त रुची राख्ने व्यक्ति हुनुन्छ । अरुको दुखलाई आफ्नै सरह ठान्ने उहाँ नेपाल र नेपालीलाई विभिन्न समयमा परेको प्राकृतिक तथा दैवीप्रकोपका बेला आर्थिक तथा विभिन्न आवश्यक सहयोग जुटाउन अहोरात्र खटिनु भयो ।

२०७२ सालको भुकम्प, बाढी पहिरोमा परी ज्यान गुमाउने घाईतेहरुको सहयोगका निम्ती आर्थिक सहयोग जुटाउन र नेपालमा पठाउन उहाँ सक्रिय रुपमा लाग्नु भयो । कुनै पनि व्यक्ति शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने धेय्का साथ देशका विभिन्न ठाउँमा रहेका टुहुरा,अपाङ्ग,आर्थिकरुपले विपन्न बालबालिकाहरुलाई उनीहरुको पढाईका निम्ती उहाँले व्यक्तिगत रुपमा सहयोग पनि गर्दै आईरहनु भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय