परेवा खबर संवाददाता

काठमाडौँ २४ साउन । स्थानिय बजारमा गत बुधबारको तुलनामा सुनको भाउ प्रतितोला २० रुपैयाँ बढेर तोलाको ८४० पुगेको छ ।

अहिले बजारमा छापावाला सुनको ८४० छ भने छाप नभएको सुनको प्रति तोला ८२० पुगेको छ । यस अघि विना छापावाला सुनको मूल्य प्रतितोला ८०० कामय भएको थियो ।

वि .सं २०३१ साल भाद्र ९ गते आईतबारको अंकमा गोरखापत्रमा छापिएको समाचार हो यो । आज ठिक ४५ वर्ष पछि २०७६ श्रावण २४ गते आईतबार सुनको भाउ तोलाको ७० हजार कायम भएको छ ।

जुन हाल सम्मकै सर्वाधिक महंगो हो । बजारमा सुनको भाउ बढेकै कारण काठमाडौँको न्यरोडका सुनपसलमा चहलपहल ठप्प छ सुन किन्ने भन्दा बेच्नेको संख्या बढ्दो रहेको देखिन्छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय