पाल्पा (रामपुर) निस्दी गाउँपालिका वडा नं. १ बाकामलाङ पाल्पाले वार्षिक
समिक्षा तथा सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । वडा कार्यालयले शुक्रबार
कार्यक्रम गरी आर्थिक वर्ष २०७५÷०७६ मा सम्पन्न भएका योजना तथा कार्यक्रमहरुको
समिक्षा सहित सार्वजनिक गरेको हो ।

   वडा कार्यालय पूर्वमलाङमा भएको कार्यक्रमको उट्घाटन गर्दै निस्दी

गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले गाउँपालिकाले समानुपातिक विकास
संगै शिक्षालाई प्राथमिकता दिएर अघि बढेको बताए । उनले विकासको लागि
सम्पूर्ण राजनैतिक दलहरु सहकार्य गर्दै अघि बढ्नु आवश्यक रहेको बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निस्दी गाउँ संगठनका सचिव
रामप्रसाद खत्री, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निस्दी वडा नं. १ का अध्यक्ष
नविन आले, नेपाली कांग्रेस निस्दी १ का सचिव जगत बहादुर सिंजाली,
राधाकृष्ण माध्यमिक विद्यालयका शिक्षक भेष बहादुर अधिकारी, बाकामलाङ स्वास्थ्य
चौकीका प्रमुख अर्जुन भण्डारी, निस्दी १ का कृषि प्राविधिक मदन ज्ञावलीले
आफ्ना भनाई राखेका थिए । साथै सहभागीका जिज्ञासा सम्बन्धित निकायका
व्यक्तिहरुले दिएका थिए ।

 कार्यक्रममा निस्दी १ का वडा अध्यक्ष पूर्ण बहादुर खाँणले गत वर्षको

प्रगति विवरण सहित आगामी वर्षको कार्यक्रमको बारेमा जानकारी दिएका थिए ।
उनले वडाले पूर्वाधार विकासलाई प्राथमिकता दिएर सामाजिक तथा अर्थिक
विकासलाई अघि बढाएको बताए । निस्दी १ का वडा सचिव मुक्ति प्रसाद पाण्डेको
स्वागत बाट सुरु भएको कार्यक्रमको कार्यक्रमको सहजिकरण पत्रकार बन्दना पोखरेल
र इमान सिं रानाले गरेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय