काठमाडौं असार २४,

रेडियोधर्मी पदार्थ नियमन गर्न ऐन चाहिने विज्ञले सुझाव दिएका छन् । पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोगका लागि बनेको विधेयकमा सुझाव दिँदै विज्ञले यस्तो बताएका हुन् ।

शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलमा विज्ञहरूले विकिरणको ९९ प्रतिशत प्रयोग स्वास्थ्य क्षेत्रमा हुने भन्दै विधेयकको आवश्यकता औँल्याए। ‘९८ देखि ९९ प्रतिशत विकिरणको प्रयोग स्वास्थ्य क्षेत्रमै हुन्छ’, विज्ञ प्रा।डा।शान्ताराज श्रेष्ठले भने, ‘नियमन गर्ने कानुन नहुँदा च्याउजस्तै एक्स–रे खुलेका छन्। कानुन बनाउन अत्यन्तै जरुरी भइसक्यो ।’

विधेयकले पारमाणविक विषयमा धरै समेटेको तर रेडियोधर्मी पदार्थको विकिरणले स्वास्थ्य क्षेत्रमा पारेको प्रभावलाई खासै समेट्न नसकेको विज्ञको तर्क छ । ‘२०६४ देखिनै यो सम्बन्धि कानुन बन्ने भनेको अहिलेसम्म बनेको छैन। आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय