काठमाडौं । गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा प्रवेश गरेका छन्। उनीसँगै विप्लव समूहका नेता पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन्।

बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरास्थिति नेकपाको गण्डकी प्रदेश कार्यालयमा आयोजित कार्यक्रममा टीका लगाएर उनीहरुलाई नेकपा प्रवेश गराएका हुन्।

मनाङ्गे मनाङ ‘ख’ बाट स्वतन्त्र रुपमा निर्वाचित सांसद हुन्। प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा निर्वाचित भएका थिए।

तर, फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन् ।

उनले सर्वोच्चमा पुनरावेदन गरेपछि सर्वोच्च अदालतले उनलाई थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोलिदिएको थियो।

निर्वाचित भएको झण्डै नौ महिनापछि मनाङ्गेले गएको २४ माघमा सांसदको शपथ लिएका थिए।

नेकपा प्रवेश गराउँदै मुख्यमन्त्री गुरूङले मनाङ्गेलाई नेकपाको विधान पनि हस्तान्तरण गरेका छन्।

चुनावमा मनाङेले १ हजार ४ सय १० मत प्राप्त गरी प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदबार कर्म गुरुङलाई हराएका थिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय