असार १८, काठमाडौँ । स्थानीय तहमा कर्मचारी पूर्ति गर्न विभिन्न पदका लागि गरिएको विज्ञापन अनुसार तोकिएकै समयमा सबै परीक्षाहरू हुने लोकसेवा आयोगले जनाएको छ।

मङ्गलवार रातीदेखि दरखास्तको समय सकिएको र सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएकाले पूर्ववत् तालिका अनुसार प्रक्रिया अगाडि बढ्ने बताइएको छ।

गत जेठ १५ गते ५ सय १५ वटा स्थानीय तहका लागि लोकसेवाले झन्डै ९ हजार पदको विज्ञापन गरेको थियो।

प्रदेश लोकसेवा आयोगहरू गठन भइ नसेकेकाले स्थानीय तहका लागि आवश्यक कर्मचारी पूर्ति गर्न आयोगले केन्द्रीय स्तरबाटै विभिन्न पदहरूको विज्ञापन गरेको थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय