भिडियो हेर्नुहोस

पाल्पा रामपुर नगरपालिका वडा नं १ बर्दकोट निवासी यम खाम्चा बोल्न सक्दैनन् । हात चल्दैन, तर उनी स्कुल जान्छन् हाल उनी कक्षा १० मा अध्ययनरत छन् । घरको आर्थिक अवस्था अत्यान्त नाजुक छ । तर खुशीको कुरा के छ भने उनी खुट्टाले ल्याप्टप चलाउन सक्छन राम्रा राम्रा कविता गीत लेख्छन् । अज अचम्मको कुरा के छ भने उनी कक्षामा चौथो स्थानमा छन् शिक्षकले पढाएकोकुरा ध्यान दिएर सुन्छन् कुरा राम्रोसँग बुझछन तर उनी भने बोल्न सक्दैनन ।

उनी शारीरिकरुपमा अशक्त भए पनि मानसिक रुपमा अब्बल छन् । सहलकोटको बालहित माविमा अध्ययनरत यमलाई विद्यालयले एउटा ल्याप्टप र गुन्द्रीको व्यवस्था गरिदिएको छ उनी कक्षाकोठाको भुईँमा गुन्द्री विच्छाएर बस्छन् अनि मज्जाले बसेर पढ्छन् । उनको भविष्यमा ठुलो साहित्यकार बन्ने रहर छ । तर परिवारमा आर्थिक अवस्था कम्जोर भएका कारण उनले विभिन्न समस्या र व्यवधानहरु झेल्नु पर्ने वाध्यता रहेको छ ।

तपाई पनि भाईलाई आफ्नो तर्फबाट सकेको सहयोग गर्न चाहानु हुन्छ भने कृपया परेवा खबरलाइ सम्झिन सक्नु हुनेछ । ९८४७०४२२४९,९८२३५६१९७१

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय