नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष प्रचण्डले पार्टीभित्र विवाद उत्पन्न भएको खबरआईरहेको बेला अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सकारात्मक कुराकानी निकट नेताहरूलाई सुनाएका छन्।

त्यस्तो सन्देश पाएका एक नेता हुन् देवेन्द्र पौडेल। उनी प्रचण्डलाई भेट्न उनको निवास पुगेका थिए।

उनले, दुई अध्यक्षबीच मिलेर जाने, सहमतिका आधारमा काम गर्ने, आफूहरूले हिजो गरेका सहमतिका विषयलाई आधार मानेर अघि बढ्ने कुरामा पुन समझदारी भएको बताएका छन् ।

पार्टी एकताका क्रममा दुई नेताबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको दाबी प्रचण्डले गरेका थिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय