उपत्यकामा बँदेलको अवैध शिकार

असार ४, काठमाडौँ

ललितपुरको गोदावरी वनमा दिउँसै गोली प्रहार गरी बँदेलको अवैध शिकार भएको छ । गोदावरी नगरपालिका–३ स्थित गोदावरी कुन्ड सामुदायिक वनमा भरुवा बन्दुक प्रहार गरेर बँदेल मारिएको हो ।

शिकारीको समुहले गत आइतवार कुन्ड भन्दा माथिल्लो भेगको १२ नम्बर पिकनिक स्पट नजिकै गोली प्रहार गरी ८० केजी हाराहारीको पोथी बँदेल मारेको हो । घटना लगत्तै खवर प्राप्त भएपनि शिकारी समुहलाई नियन्त्रणमा लिन नसकिएको महानगरिय प्रहरी प्रभाग बाँडेगाउँका प्रहरी निरीक्षक श्यामकुमार कटुवालले बताए ।

‘सिभिल ड्रेसमा खटिएको प्रहरी टोलीले पौने ४ बजे गोली चलेको खवर ग¥यो, लगत्तै हामी तालिम प्राप्त कुकुर सहित घटनास्थल पुग्यौ उनले भने–‘दुई व्यक्ति जंगलतर्फ भागे, नियन्त्रणमा लिन सकिएन ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय