असार ४ ,काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस्ता परम्परागत खालका ट्याक्सीलाई क्रमैसँग विस्थापन गर्ने योजनाका साथ ट्याक्सीमा न्यूनतम् १२ सय सीसीका ट्याक्सी मात्रै चलाउन दिनेगरी मापदण्ड प्रस्ताव गरेको छ ।

सरकारले यही समयमा पुरानो नम्बरका ट्याक्सीमा नयाँ ८ सय सीसीका ट्याक्सी दर्ता रोकेको छ । यो निर्णय उचित नभएको भन्दै ट्याक्सी व्यवसायी सर्वोच्च आदालत पुगेका छन् ।

नयाँ मापदण्डमा सरकारले ट्याक्सीलाई तीन प्रकारमा वर्गीकरण गरेर दर्ता गर्ने प्रस्ताव गरेको छ । नर्मल, डिलक्स र सुपर डिलक्स गरी तीन प्रकारमा वर्गीकरण गरेरै ट्याक्सीका फरक–फरक मापदण्डहरु तोक्न प्रस्ताव गरिएको छ ।
मन्त्रालयले सुविधाका आधारमा तीन प्रकारमा ट्याक्सीको वर्गीकरण गर्दा यात्रुले आफ्नो आर्थिक क्षमता अनुसारको विकल्प पाउने जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय