काठमाडौं, असार ३

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन्।ओलीले बिहान ११ बजे प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

गुठी विधेयकलाई लिएर नेवार समूदायले थालेको आन्दोलन, लोकसेवा आयोगको विज्ञापनलगायत विषयमा प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्ने तयारी गरेका छन्।

प्रधानमन्त्री निकट स्रोतका अनुसार उनी गुठीसम्बन्धी विधेयक तत्कालका लागि स्थगन गर्ने मनस्थितिमा छन्।

आइतबार युरोप भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री ओलीको सक्रियता गुठी विधेयकमा देखिएका समस्या समाधानमा केन्द्रीत छ।

सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल र काठमाडौं उपत्यकाका जनप्रतिनिधिसँग छलफल गरेका प्रधनमन्त्रीलाई सरोकारवालाहरूले मिश्रित सुझाव दिएका छन्।

काठमाडौं उपत्यकाका अधिकाशं जनप्रतिनिधि विधेयक फिर्ता लिएर नयाँ ढंगले अघि बढ्नुपर्ने पक्षमा छन् भने भूमि व्यवस्था मन्त्री अर्याल, नेकपाकै केही सांसदले विधेयक स्थगित गर्दा ठिक हुने राय प्रधानमन्त्रीलाई दिएको स्रोतको भनाइ छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय