राष्ट्रिय अपाङ्ग महासंघ नेपालले लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन नेपालको सविधान २०७२ र निजामति सेवा ऐन २०४९ को भावना प्रतिकुल रहेको, अपाङ्गता भएका ब्यक्ति, दलित, आदीवासी जनजाती, मधेसी समुदायको आरक्षणका लागि प्राप्त नीतिगत ब्यवस्थाको बर्खिलाप गरि सिमान्तकृत वर्ग समुदायको अधिकार खोसिएको जनाएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, राष्ट्रिय दलित महासंघ नेपाल, संयुक्त विद्यार्थी समिति, गैर सरकारी जनजाती महासंघको संयुक्त आयोजनामा समावेशीता बचाउ राष्ट्रिय आन्दोलन लाई राष्ट्रिय सभा सदस्य प्रकाश पन्तले सम्बोधन गर्दै लोकसेवाको विज्ञापनमा संविधानको भावना विपरित भएको बताउनुभयो । धर्ना समापनको सन्दर्भमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव राजु बस्नेतले समावेशी चरित्रको सविधान प्राप्त गरेकोले २०७२ पछि समावेशीताको लागि फेरी आन्दोलन गर्न पर्दैन होला, सरकारले नीति निर्माण र सहभागीतामा समावेशीताको ख्याल पुर्याउनेछ भन्ने लागेको थियो । तर त्यस्तो रहेन दिनप्रतिदिन अपाङ्गता भएका ब्यक्ति महिला मधेसी आदीवासी जनजाती पिछडीएको क्षेत्र समुदायले त्यसको अनुभूति गर्नुको सट्टा भएका अधिकारको बचाउ गर्नु पर्ने बेला आएको बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय