काठमाडौँ,२० जेष्ठ । पाल्पाबाट काठमाडौ आई बसोबास गर्नु हुने पाल्पालीहरुको साझा संस्था पाल्पाली संगमको नयाँ कार्यसमिति चयन गरिएको छ ।

जसको अध्यक्षमा पदम न्यौपाने चयन हुनु भएको छ भने कार्यसमितिको उपाध्यक्षमा सेमन्तमणी खराल र केशव आचार्य, महासचिवमा विष्णु खत्री, सचिवमा जीवन भण्डारी र पाण्डव खत्री र कोषाध्यक्षमा सनिल नेपाल निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सदस्यहरुमा रामचन्द्र भण्डारी, संजयकुमार श्रेष्ठ, संजय भट्टराई, गोपाल राना, थान बहादुर कुँवर मगर, सिता कार्की, मञ्जु ढकाल आचार्य र बालकृष्ण पोखरेल रहनु भएको छ ।

संगमले काठमाडौमा बस्ने पाल्पालीहरुलाई संगठित गरी पाल्पाको पर्यटन, कला, संस्कृतिको प्रचार तथा प्रवद्र्धन गर्ने विविध कृयाकलाप गर्दै आइरहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय