पुनाराम सुनारी

काठमाण्डौं | प्रकाश सपुत र शान्तिश्री परियारको लोक दोहोरी गीत ‘गलबन्दी’ गीको भिडियो युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर एकमा आएको छ । सार्वजनिक भएको १ हाप्त पछि आइतवारसम्ममा गीतले ५३ लाख बढी दर्शक ‘भ्युअर्स’ पाइसकेको छ र अहिले युट्युबमा TREADING 1 मा पनि रहेको छ । सपूतले अघिल्लो वर्ष निर्माण गरेको लोक गीत ‘बोल माया’ पनि युट्युब ट्रेन्डिङको नं 1 मा आएको थियो ।बोलमायाकै पूर्वभाग ‘प्रिक्वेल’को रुपमा ‘गलबन्दी’ ल्याएको गीत हो गलबन्दी । गलबन्दीमा पनि शब्द, सङ्गीत, स्वर र श्रव्यदृश्य निर्देशन सपुतकै छ । स्वरमा सपुतलाई शान्तिश्री परियारको साथ रहेको छ । म्युजिक भिडियोमा सपुत र अञ्जली अधिकारी लगयात गाउँलेहस्को अभिनय छ । भिडियो छायाङ्कन सपुतकै जन्मघर बागलुङ, धम्जामा गरिएको छ ।

मौलिक शब्द, सङ्गीत र राम्रो भिडियोको कारण गीतलाई स्रोता, दर्शकले रुचाएका छन् । बोलमायाकै पूर्वभाग ‘प्रिक्वेल’को रुपमा ‘गलबन्दी’ ल्याएको गीत हो। गलबन्दीमा पनि शब्द, सङ्गीत, स्वर र श्रव्यदृश्य निर्देशन सपुतकै छ । स्वरमा सपुतलाई शान्तिश्री परियारको साथ रहेको छ । म्युजिक भिडियोमा सपुत र अञ्जली अधिकारी लगयात गाउँलेहस्को अभिनय छ । भिडियो छायाङ्कन सपुतकै जन्मघर बागलुङ, धम्जामा गरिएको छ ।

म्युजिक भिडियोको कथा, सोच र निर्माणपक्ष समेतले गीतलाई न्याय गरेको छ । लोक दोहोरीमा विशुद्ध मानवीय प्रेम र संवेदनाको भाव प्रकट भएको छ । “एकदमै रमाइलोका लागि बनाइएको गीत भएकोले दर्शक गीतमा रमाइलो गरेको सपुतले बतए ।
उक्त गीतको भिडियोमा सपुत चञ्चले युवक र अधिकारी लज्जालु युवतीका रुपमा म्युजिक भिडियोमा प्रस्तुत भएकी छन् ।

यसअघि ‘दोहोरी ब्याटल’ गाएर विवादित बनेका सपुतले सामाजिक विषयवस्तुलाई सिर्जनामार्फत मुखरित गर्दै आएका छन् । गत वर्ष सार्वजनिक ‘बोल माया’ विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत हो । गीतको मर्म र भावलाई भिडियोमा मौलिक ढङ्गले उतार्न निर्देशकका हिसावले पनि सपुत सफल देखिएका छन् ।
यस्तै गीतहरुको सिर्जानले लोकदोहोरीले पछिल्लो समय सर्वाधिक दर्शकहरुको माया पाएका छन् । हेर्नुहोस् गलबन्दी गीतको भिडियो…. https://www.youtube.com/watch?v=QNInfBuBcOA

https://www.youtube.com/watch?v=QNInfBuBcOA



50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय