परेवाखबर संवाददाता
पाल्पा १५ जेठ ।

पाल्पा जिल्लाको निस्दी गाउँपालिका वडा नं ५ गल्धा ढुङगानावेशी स्वामीभञ्याङमा करिब ढेड सय वर्ष पुरानो सुरुङमार्ग भेटिएको छ ।

करिब २०० मिटर लामो सुरुङ भित्र विच भागमा ४/५ जना व्यक्ति बस्न मिल्ने खालको खाली ठाउँ पनि रहेको छ ।

ढुङगानावेशीको बलौटो खेत सिंचाई गर्न काम्मुखोलामा बाँध बनाई घोरमते खोल्साबाट डाँडा छेँडेर सुरुङमार्ग हुँदै पानी ल्याउने उदेश्यको साथ वि.स १९५५ तिर उक्त सुरुङ मार्ग निर्माण भएको हुन सक्ने स्थानिय युवा नेता एन वी खाम्चाले जानकारी दिनु भयो ।

वडा अध्यक्ष भिम बहादुर बयम्बु सुरुङ मार्ग अबलोकन गर्नु हुँदै

पछि निस्दी खोलाको पानी आउने गरी उक्त ठाउँमा सिंचाई आए पछि उक्त सुरुङ बन्द भएको र प्रयोग विहिन बनेको थियो ।

जनयुद्ध कालमा तत्कालिन नेकपा माओवादीले आफ्नो सुरक्षा र सेल्टरको रुपमा पनि यही सुरुङलाई प्रयोग गर्ने गरेको थियो ।

धेरै समय सम्म प्रयोग विहिन र मर्मत सम्भार नभएपछि सुरुङ जिर्णभई र पुरीन लागेको अवस्थामा रहेको थियो ।

स्थानियबासीको सक्रियतामा गाउँपालिका र वडाले यसको संरक्षण मर्मत सम्भार गर्न सुरु गरेको छ ।

गाउँपालिका सदस्य दुर्गा सोमै सुरुङमार्ग अवलोकन गर्नु हुँदै

निस्दी गाउँपालिकाले यसको मर्मत र सरसफाई, संरक्षणका निम्ती तत्काललाई १ लाख रुपैयाँ छुट्याएको छ र आगामी वर्ष यो क्षेत्र र सुरुङमार्गको विकास संरक्षण प्रचारप्रसारका लागि बजेट विनियोजन गर्ने र त्यस ठाउँमा मन्दिर निर्माण गरी पर्यटकिय क्षेत्रको रुपमा विस्तार गर्ने योजना रहेको वडा नं ५ का वडा अध्यक्ष भिम बहादुर बयम्बुले जानकारी दिनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय