परेवा खबर संवाददाता


काठमाडौँ , १४ जेठ । गायक शिरीष देवकोटा र गायिका सम्झना भण्डारीको स्वरमा गत आईतबार सार्वजनिक भएको छोरो अमेरीका छ, ले चर्चा पाउँदै गएको छ । समाजको वास्तविक कथामा आधारित यथार्थपरक र मार्मिक गीत भएका कारण यसको चर्चा चुलिदै गएको स्रोता दर्शकहरुले प्रतिक्रिया दिएका छन् ।

पृथ्वी ईन्टरटेन्मेन्टले बजारमा ल्याएको सो गीतको शब्द रमेश बि।जी।ले भरेका छन् भने गीतमा शिरीष देवकोटाकै लय तथा बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ ।

प्रकाश भट्टको निर्देशनमा तयार भएको भिडियोमा वरिष्ठ कलाकार निर शाह, हिउँवाला गौतम, श्रीप्रसाद थापा, सोनी गुरुङ्ग लगायतको जिवन्त अभिनय हेर्न सकिन्छ । राजेश घिमिरेको छायाँकन रहेको गीतलाई विष्णु शर्माले सम्पादन गरेका हुन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय