धन बहादुर ठाडा ( मित्याल) पाल्पा


पाल्पा १४, जेठ ।तपाई हामी सबैलाई सुन्दा अचम्म लाग्छ । अहिलेको जमानामा पनि कुष्ठ रोगीकै भएकै कारण गाउँभन्दा टाढा जंगलमा राख्ने र बस्ने पुरानो चलन । आजकल एकातिर कुष्ठरोगीहरु बिरलै पाइन्छन् भइहाले पनि उपचार हुन्छ । तर पाल्पा जिल्ला निस्दी गाउँपालिका वडा नम्बर ४ मित्याल घुंसिबारका ८० वर्षीय जसवीर सोती कुष्ठ रोग लागेकै कारण ३५ वर्ष अघिदेखि जंगलमै बस्दै आएका छन् । 
वि. स १९९६ सालमा जन्मिएका सोतीलाई २०४० सालमा कुष्ठ रोग लागेपछि गाउँलेहरुलेबाट टाढा जंगलमा आएर बस्न थालेका थिए । उनले गाउँभन्दा करिब ७ सय मिटर तल बाँस घारीको भिरालो जग्गा साँघुरो छाप्रोमा सोतीले दिनरात कटाउदै आएका छन् ।


त्यतिबेला म ४४ वर्षको थिए । कुष्ठ रोग लागेपछि मलाई गाउँमा सबैले हेला गर्न थाले , मेरो नजीक कोहि परेनन, संगै खाना बस्न कोही पनि मनेनन अन्तमा मलाई यहाँ ल्याएर राखे उनले गहँभरि आशु छर्दै भने । 
यो बुढेसकालमा अब घर जान्न कति दिननै बाँचुला र यहीँ बानी परिसक्यो । घरका सबैले लिन आउछन तर गाउँलेहरुले दुख मान्ने डरले नगएको उनले बताए ।

हावाहुरी चल्दा र पानी परेको बेला छाप्रो चुहिएर सुत्न पनि पाइन्न सोतीले भने । 
कहिलेकाही राती जंगली जनावर हिडडुल गर्दा कराउँदा साह्रै डर लाग्छ । सोतीले विवाह नगरेको तर आफ्नो भाइको छोरा बुहारी नातीनातिनाले धेरै माया गर्ने गरेको बताए । पहिला पहिला गाउँमा जाँदा लुकेर जाने गरेको तर अहिले त्यस्तो छैन विवाह भोजभतेर चाडपर्वमा जान्छु तर राति सुत्न भने यही आउछु उनले भने । ४० सालदेखि सधैं यहीँ छाप्रोमा सुत्दै आएको छु । कुष्ठरोगका कारण उनका दुबै हातका नङहरु झरेका छन् ।


सोतीलाई उपचार गर्न, घर जान र संगै खाना बस्न धेरै सम्झाए मान्नु हुन्न उनका आफन्ती डिल बहादुर सोतीले भने । सोती दिनमा खेतबारी , घाँस दौरा गर्ने र गाई चराउन जाने तर खाना र सुत्नको लागि भने त्यहीँ छाप्रोमै जाने गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय