एजेन्सी
काठमाडौँ १४, जेठ । लागुऔषध कोकेनका २४६ वटा प्याकेट निलेका एकजना जापानी यात्रीको मेक्सिको सिटीबाट उडेको विमानमै मृत्यु भएको छ।

जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थल तर्फ जाँदै गरेको विमान
ति यात्रीको मस्तिष्कमा समस्या देखिन थालेपछि मेक्सिकोको सनोरा राज्यमा विमानको आपत्‌कालीन अवतरण गराउनुपर्‍यो।

अधिकारीहरूका अनुसार अत्यधिक लागुऔषधका कारण मस्तिष्कमा उत्पन्न हुने एउटा समस्याका कारण उदो एन नाम गरेका ती यात्रीको ज्यान गएको हो।

कोलम्बियाको राजधानी बोगोटाबाट यात्रा सुरु गरेका उनले मेक्सिको सिटीबाट उडान परिवर्तन गरेका थिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय