पुनाराम सुनारी
काठमाडौँ,१२ जेठ ।

युवा व्यवसायी सरोज वस्तीद्धारा अभिनित पछिल्लो म्युजिक भिडियो मेरो मायाँ कमी भएछ, सार्वजनिक भएको छ ।

झरना संगीतको प्रस्तुतिमा रत्न बानियाँले बजारमा ल्याउनु भएको उक्त गीति एल्बम सार्वजनिक हुनासाथ निकै चर्चा पनि बटुल्न सफल भएको छ ।


“सोच्याथिन यस्तो दिन आउँछ,दिल भित्र बास बस्नेले तड्पाउँछ
मेरो मायाँ कमी भए छ, कोमोल मन छ भन्थ्यौनी निष्ठुरी तिम्रो मन पत्थर भए छ” ।
जस्ता निकै मार्मिक शब्द चयन यस गीतमा पाउन सकिन्छ ।


राजकुमार बानियाँ र विनिता क्षेत्री को सुमधुर स्वर रहेको यस गीतमा निशान बानीयाँको शब्द र तत्न बानियाँले लय गर्नु भएको छ । भने अभिनयमा अस्मिता राना, अमृत आर्चाय,सोना श्रेष्ठले साथ दिनु भएको छ ।


आफुले दिल देखी चाहेको मान्छेलाई अरु कसैको अंगालोमा देख्दा र अरुले जति सुकै मायाँ गरेपनि त्यसको कुनै अर्थ नहुने, मनले मायाँ गरेकै मान्छेको खोजी हुने मार्मिक प्रेम काहानी यस भिडियोमा देखाउन खोजिएको छ ।


भिडियो हेर्नुहोस

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय