परेवा खबर संवाददाता
काठमाडौँ १२ जेठ ।

काठमाडौँको कोटेश्वर स्थित सरस्वतीमार्गमा बैदेही आयुर्वेद केन्द्रले आफ्नो सेवा सुभारम्भ गरेको छ ।

The Skill to Heal,the Spirit to care भन्ने मूल नाराका साथ स्थापना भएको वैदेही आयुर्वेद केन्द्रले सेवा सुभारम्भसंगै नसर्ने रोगहरुलाई मुख्य प्राथमिकतामा राख्दै सस्तो शुल्कमा सेवाहरु प्रदान गर्ने जानकारी दिएको छ ।

पछिल्लो समयमा फैलिंदै गएको नसर्ने रोगको ब्यापकतालाई मध्यनजर गर्दै न्युनिकरणको पाटोमा थप टेवा पु¥याउन र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यका साथ उक्त आयुर्वेद केन्द्र स्थापना गरिएको हो ।


आयुर्वेदीय विधिद्वारा सफल मानिएका विभिन्न प्रकारका रोगहरुलाई मध्यनजर गर्दै सम्पुर्ण रोगको सफल उपचार गर्ने हेतुले सचालन गरिएको यस केन्द्रले वरिष्ठ ख्यातिप्राप्त विशेषज्ञ चिकित्सकहरुवाट सेवा सञ्चालन गर्न लागेको हो ।


केन्द्रले दैनिक विरामी जाँच सहित पेटरोग, अम्लपित्त(ग्यास्ट्राइटिस), पाइल्स, फिस्टुला, फिसर, वाथरोग, मधुमेह, उच्च रक्तचाप, नशा सम्वन्धि सम्पुर्ण समस्याहरुको विज्ञ चिकित्सकहरु द्वारा उपचार सेवा सञ्चालन गर्दै आएको छ ।


साथै वैदेही आयुर्वेद केन्द्रले अन्य विशेष सेवाहरु पनि सञ्चालनमा ल्याएको छ । नशा च्यापिएको, जोर्नी दुखाई भएकाहरुलाई आयुर्वेदीय मसाज र स्नेहन तथा स्वेदन सेवा सञ्चालनमा ल्याएको छ । भने माइग्रेन तथा तनाव ब्यवस्थापनका लागि शिरोधारा उपचार विधिलाई अगाडी सारेको छ ।


त्यस्तैगरि पाइल्स, फिस्टुला भएकाहरुलाई औषधिले निको नहुने अवस्थामा वीन अपरेशन आयुर्वेदीय क्षारशुत्र विधिवाट उपचार हुंदैै आएको छ । उक्त विधि वाट पाइल्स, फिस्टुलाको उपचार गर्दा अपरेशन गरेर पुर्ण वेडरेस्टमा वस्नुपर्ने झन्झट हुदैन ।
२०७६ जेष्ठ ४ गते देखि सेवा सुभारम्भ गरेको केन्द्रले सेवा सुभारम्भका अवसरमा जेष्ठ ४ र ५ गतेका दिन २ दिने निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको थियो ।

यस वैदेही आयुर्वेद केन्द्रका विशेषताहरुः
पाइल्स, फिस्टुलाको लागि विना अपरेशन क्षारसुत्र विधिद्वारा उपचार
नशा च्यापिएको, हड्डी खिइएको, हाडजोर्नी सम्वन्धि रोगहरुका लागि आयुर्वेदीय समाज थेरापी
तथा स्नेहन र स्वेदन कर्म ।
माइग्रेन एवं मनोविकारका लागि परामर्श एवं शिरोधारा थेरापी ।
अकुपञ्चर विधि वाट उपचार सेवा ।
अनुहारको चायाँ कालो पोतो हटाउन ब्युटि प्याक सेवा ।
प्याथोलोजी ल्याव सेवा ।
एकै छाता भित्र आयुर्वेद तथा एलोपेथिक फार्मेसी सेवा ।
रिल्याक्सेसनको लागि बडी मसाज, फुट मसाज आदि सेवा सञ्चालन ।
नयाँ तथा पुरानो पिनास उपचारको लागि नश्य कर्म विधि द्वारा उपचार ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय