काठमाडौँ ८ जेठ  । नेपाल सरकार आफैँले गर्न लागेको सगरमाथाको उचाइ मापन कार्यका लागि नापी विभागको प्राविधिक टोली सर्वोच्च शिखरको चुचुरोमा पुगेको छ।प्रमुख नापी अधिकृत खिमलाल गौतम र नापी अधिकृत रविन कार्की बिहान ३.१५ मा चुचुरोमा पुगेका थिए।

टोलीले सगरमाथामा भूउपग्रहको संकेतसँग सम्बन्ध स्थापित गर्ने ग्लोबल न्याभिगेसन स्याटलाइट सिस्टम उपकरण राखेको जानकारी गराएको छ । मापन टोलीले सगरमाथा चुचुरोमा झण्डै आधा घण्टा समय विताएको थियो ।

सगरमाथा चढिसकेका कर्मचारीको नेतृत्वमा सर्वोच्च शिखर नाप्ने टोली
सगरमाथाको उचाइ नाप्न नापी प्राविधिक पहिलो पटक पुग्दैछन्

सगरमाथाको मापन कार्य सक्न अझै कम्तीमा पाँचदेखि छ महिना लाग्ने टोलीले जानकारी दिएको छ ।

नापी विभागले भारतको बङ्गाल र नेपालको सिराहा जिल्लाको माडारलाई केन्द्रविन्दु मानेर उचाइ मापनको लागि यन्त्रहरूको सम्पर्क स्थापित गरेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय