परेवा खबर संवाददाता
काठमाडौँ ५ जेठ ।

लुम्बिनी समाज नेपाल, कुवेतको कार्यवाहक अध्यक्षमा रमेश नेपाली ‘पाल्पाली’चयन हुनु भएको छ । शुक्रबार बसेको आकस्मिक बैठकले समाजका बरिष्ठ उपाध्यक्ष समेत रहेका नेपालीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको समाजको महासचिब नेत्र पेगी मगरले जानकारी दिनु भयो ।

अध्यक्ष रुपेन्द्र बिक्रम हमाल,भागिरथ चापागाई अभियानमा आर्थिक हिनामिनामा तानिएपछी उक्त निर्णय गरिएको समाजले जनाएको छ ।
कार्यवाहकअध्यक्षमा चयन भएपछि परेवा खबरसँग कुराकानी गर्दै पाल्पालीले संस्थाको आर्थिक पक्ष पारदर्शी र समाजका नियमित गतिविधिलाई सक्रिय बनाउने बताउनु भएको छ ।

उक्त आकस्मिक बैठकले रुपेन्द्र बिक्रम हमाललाई जति सक्दो चाँडो भागिरथ चापागाई अभियानको आर्थिक अवस्था सार्वजनिक गरेर सहज वातावरण बनाईदिन आग्रह समेत गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय