काठमाडौँ २ जेठ । कामिरिता शेर्पा २३औं पटक शिखरमा पुगेर नयाँ कीर्तिमान कायम गर्न सफल भएका छन् । उनी हिजो जेठ १ गते सगरमाथाको चुचुरोमा २३ औँ पटक पाइला राख्न सफल भएका हुन् ।

सोलुखुम्बुको थामे गाउँका ४९ वर्षिय कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान टोडेका हुन ।

कामिरिता शेर्पा र निमा ओङ्दी शेर्पा बिहान ७.५० बजे सगरमाथाको शिखरमा पुगेका हुन

सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन्।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय