सुशील आले मगर,
जेठ १, रामपुर पाल्पा

पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ५ गल्धा ढुङ्गानाबेशी चौरमा स्वर्गीय दल बहादुर जर्घा स्मृति खेल मैदान बन्ने भएको छ।

निस्दी गाउपालिका पाल्पाको ५ लाख रुपैयाँ आर्थिक सहयोगमा ढुङ्गानाबेशी स्थित निस्दिखोलाको तिरमा खेलमैदान बन्ने भएको हो।

खेल मैदानको सोमबार एक कार्यक्रमका बिच प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य युवराज खनालले शिलान्यास गर्नुभएको छ।

शिलान्यास कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य खनाल,नेपाल कम्युनिस्ट पार्टीका नेता देबिलाल लामिछानेले आफ्ना भनाइ राख्नुभएको थियो।निस्दी ५ का वडा अध्यक्ष भिम बहादुर बयम्बुको अध्यक्षता,नेपाल कम्युनिस्ट पार्टी पाल्पा जिल्ला कमिटी सदस्य नोल कुमार वयम्वुको स्वागत तथा वडा सदस्य दुर्गा बहादुर सोमैको संचालनमा कार्यक्रम चलेको थियो।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय