परेवाखबर संवाददाता

काठमाडौँ १ जेठ । जिनाखु ठाकुर क्रियशन प्रा.लि ले बजारमा ल्याएको मान बहादुर सतशंकरको दोहोरी गीत कोशी पारी गाउँ छोटो समयमै चर्चामा आएको छ ।

मेरो सानो गाउँ जाउँ भनेर भिरको बाटो सम्मै छ खनेर
टिकट काट्छु बसैको तिम्रो नावईमा
घुम्न जाउँ कोशी पारी ए कान्छी हाम्रो गाउँमैमा

जस्ता स्थानिय ठाउँहरुको नाम समावेस गरेर गीति एल्बम निर्माण गरिएको छ ।कोशीपारीको स्थानिय पर्यटन प्रर्वद्धन तथा प्रचारलाई पनि सहयोग पु¥याउने यस गीतमा मेलिना राई र मान ब. सतशंकरको सुमधुर स्वर रहेको छ । यस गीतको शब्द लय सिर्जना गायक मान ब सतशंकरले नै गर्नु भएको छ ।

यस म्युजिक भिडियोमा शिशिर बुढाथोकी, मान ब। सतशंकर, आशा भुसाल र अप्सना थापा लगायत विभिन्न चर्चित कलाकारहरुको दम्दार अभिनय देख्न सकिन्छ । गीतको म्युजिक भिडियो निर्देशन शिशिर बुढाथोकीले गर्नु भएको छ भने छायांकन÷ड्रोन सागर गौतम, र सम्पादन मिन रावलले गर्नु भएको छ ।

हेर्नुहोस भिडियो।।।।।।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय