सम्झना पौडेल
मिडिया काउन्सिल विधेयक
सरकारले नेपाली सञ्चार क्षेत्र र रञ्चारकर्मीको घाँटी निमोठ्ने गरी मिडिया काउन्सील विधेयक ल्याउन लागेको भन्दै पत्रकार महासंघ लगायतका संबद्ध संस्थाहरुले विरोध गरे। महासंघले विधेयकमा धेरै आपत्तिजनक प्रावधानहरु समावेश गरीएको भन्दै संसोधन हुनुपर्ने भन्दै आन्दोलनको घोषणा पनि गर्यो। बैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधानप्रति कुनैपनि मिडियाहरुलाई मन परेन। प्रस्तावित विधेयकको दफा १८ मा जरिवाना गरी क्षतिपूर्ति भराइदिन सक्ने भन्ने प्रावधानले पत्रकारिताको विश्वव्यापी मान्यता र नेपालको संविधानको समेत उल्लंघन गरेको नेपाली सञ्चारजगतको धारणा छ। मिडिया काउन्सिलले पत्रकारका लागि आचारसंहिता जारी गर्ने र त्यो आचारसंहिता विपरीत कुनै सामाग्री प्रकाशन प्रसारण भएमा सम्बन्धित पक्षको उजुरीका आधारमा २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने उल्लेख छ। यसैको बिरोधमा सञ्चारक्षेत्र आन्दोलित भैरहदाँ पत्रकार कै कारण फेरी नेपाली मिडिया जगतमा बहस सुरु भएको छ। कारण टिभी कार्यक्रमको बिषयलाई लिएर सामाजिक सञ्जाल भरी पत्रकारहरुनै पत्रकारको पक्ष र विपक्षमा देखा परेका छन्।
प्राय सबैलाई थाहा होला पत्रकारिता कूनै अर्थमूलक सूचना वा जानकारी स्रोतबाट लिइ सञ्चारमाध्यम मार्फत सर्वसाधारण समक्ष पुर्याउने कार्य हो। पत्रकारिता र आम सञ्चार नजीकका विषयहरू हुन्। प्रजातन्त्रका चारवटा स्तम्भमध्ये पत्रकारिता चौथो अङ्ग मानिएको छ। न्यायपालिका, कार्यपालिका, विधानपालिका र पत्रिकारिता। पत्रकारिताको आवरणमा आफुलाई मन नपरेको ब्यक्ती वा सस्थाको इज्यत प्रप्तिष्ठामा खलल पार्ने। कुनै ब्यक्तिको मन्जुरी बिना तस्वीर खिचेर पत्रकारितागर्ने ,समाजमा भ्रम फिजाउने खालका बिषय प्रकासित गरेर अनलाइनलाई हिट बनाउन खोज्नु गलत हो। हो यस्तै कुराले गर्दा नै पत्रकारिता माथि नै प्रश्न चिन्ह उठन थालेको छ। लोकतन्त्र प्राप्ति पछि सञ्चार क्षेत्र फष्टाएको भएपनि अहिले पनि समाचार सम्प्रेषण,राजनैतिक घटनाक्रमको व्याख्या र तिनिहरुको विश्लेषणलाई महत्व दिइन्छ। जस्ले गर्दा अन्य कुराहरु ओझेलमा परेका छन्। स्वतन्त्र पत्रकारिताको अभाव भएको छ।
हामिकोमा हिरोइजम ठान्ने पात्रहरुले गर्दा पत्रकारीताको साख घट्दो छ। केही पार्टीका नेता÷कार्यकर्ताको चित्त बुझाउनको लागि पत्रकारिता गर्दैछन्। कसैले मर्दै नमरेको मान्छेलाई कसैले मर्यो भनेर श्रद्धाञ्जली दिएका छन्। कसैको मृत्यु नहुँदै ठुला हेडलाईन बनाईदिने हतारकारिता नै विकास भैसकेको छ।
अर्थात पत्रकारिताको नाममा छाडातन्त्र, मनपरीतन्त्र, अधिनायकबाद लाद्न सक्ने स्वविवेकिय अधिकार झैं ठानेर पत्रकारिता गर्नु पनि त हाम्रो धर्म होइन। यहाँ पत्रकारिताको नाममा बार्गे्निङ्ग गरेर मिनटमै लाखौं कमाउने पत्रकारहरु पनि छन्। कोहि कार्यक्रममा बोलाएर जानुहोस जानुहोस भन्छन्। कोही प्रहरी झैं पत्रकार भएर नेतालाई केराकार गर्ने पनि छन्। यहिबीचमा पछिल्लो घटनाको एउटा टेलिभिजन कार्यक्रम।
एउटा पत्रकार अथवा प्रस्तोताले आफु कसरी प्रस्तुत हुने भन्ने कुरामा ध्यान दिन नसक्नुमा प्रस्तोताको गल्ती हो। कसैलाई नङ्गाउनको लागी आफै पहिले नाङ्गिनु पर्छ भन्ने मान्यता पत्रकारले त्याग्नुपर्छ। डन ,सेलिब्रेटी ,पार्टी ,एनजीओ ,पहिचानवादी ,युट्युव ,असुली ,चाकडी ,हिरोइजम लगाएतका पत्रकारिता नै आजभोलिका प्रमुख विकृतिहरु हुन।
सोही टिभी कार्यक्रमलाई लिएर पत्रकार भानुभक्त आचार्यले फेसबुकमा लेख्नुभएको छ: “प्रश्नको उत्तर दिने हिम्मत छैन भने तपाई जान सक्नुहुन्छ। यहाँ आएर तपाइँ बकबास नदेखाउनुस्“ भने पछि उपप्रधानमन्त्री उपेन्द्र यादव अन्तर्वार्ताकक्ष छाडेर हिँडे। यो एभिन्युज टेलिभिजनको कार्यक्रम हो। पत्रकारले बोलाएका पाहुनालाई इज्जतसाथ व्यवहार गर्नुपर्छ। अन्तर्वार्ता कक्ष भनेको प्रहरीको केरकार शाखा होइन। उत्तर नदिने भए जानसक्नु हुन्छ भन्न मिल्दैन। फेरि पाहुनाले आफूले सोचेजस्तै उत्तर दिनुपर्छ भन्ने पनि छैन। एउटा प्रश्नको उत्तर नआए अर्को प्रश्न सोध्ने हो। पाहुनाले सबै प्रश्नको उत्तर दिनै पर्छ भन्ने छैन।उपप्रधानमन्त्रीले पनि अलि भद्र, शालीन, धैर्य एवम् कूटनीतिक चातुर्यका उपायहरु अवलम्बन गरेर उत्तर दिनुपर्छ। आलोचनालाई शीरोधार्य गर्नुपर्छ। बिना तयारी टिभीमा मुख देखाउन पाइने भयो भनेर कुदिहाल्नु हुँदैन।यस कार्यक्रमका आधारमा पत्रकारको पक्षमा पनि लाग्न सकिएन। उपप्रधानमन्त्रीका पक्षमा पनि लाग्न सकिएन।”तर पत्रकारिता पेसाको दुरुपयोग गर्ने वर्ग लाइ सजाँय दिन कडा कानून नै बनाउनु पर्छ। सत्यतथ्य नबुझी एकोहोरो समाचार प्रकाशन गर्ने, बिना कारण व्यक्तिको सामाजिक इज्जÞतमा आंच आउने, अफवाह फैलाउनेलाई कानुनी दायरामा ल्याउनै पर्छ।
नागरीक बाट साभार गरिएको