बन्दना पोखरेल । निस्दी पाल्पा

काठमाडौँ ३० वैशाख । पाल्पाको निस्दी गाउँपालिका–७ सिन्दुरेका जनताले खानेपानीको चरम समस्या भोग्दै आएका छन् ।
गाउँ आसपास खानेपानीको स्रोत नहुँदा बिहानदेखि डोकोमा गाग्री बोकेर खानेपानी खोजेर नै यहाँका स्थानीयवासीले वर्षौदेखि गुजारा चलाएका छन् ।

बिहानदेखि रातिसम्म यहाँका जनताको पानीको खोजीमै समय बित्ने गरेको छ । आफ्ना बाउबाजेको पालादेखि नै घण्टौँ समय लगाएर पानी बोक्ने समस्या अहिलेसम्म उस्तै रहेको स्थानीय बासिन्दा टक बहादुर रानाले बताए ।

“बिहान उठेपछि सबै काम छाडेर पानी खोज्न जाने हो, पल्लो गाउँमा रहेको कुवा, धारामा पानी लिन जानेको ठूलो भीड हुन्छ, पालो पर्खेर बस्दा बिहान बित्दछ । जनसंख्या धेरै तर पानीको स्रोत कम हुँदा लामो समयसम्म पालो पर्खेर बस्नुपरेको उनले बताए ।

३२ घर रहेको सिन्दुरेमा एक धारा छ विहान बेलुका एकएक घण्टा पानी आउछ यसलाई सवैले मिलेर एकएक गाग्री भर्ने र्गछन्। कसैले कसैको पालो मिच्दैनन् । यति पानीले पुग्दैन अरु सबै पानी गाउँलेले करिव दुई घण्टा हिडेर टोकल्दीबाट ल्याउने गरेका छन् ।

वर्षौदेखि यहाँ खानेपानीको चरम समस्या छ, तर अहिलेसम्म यो समस्या समाधान हुनसकेको छैन । “जनसङ्ख्या बढ्दै गएको छ, खानेपानीका मुहान सुक्दैछन्, खानेपानीका साथै गाईभैंसीलाई खुवाउन, लुगा धुन, नुहाउन गाह्रो छ । , बिर्घा सिंहले भने ।

केहि बढि पानी आउथ्यो तर अहिले त्यस क्षेत्रमा होङसी सिमेन्टको खानी संचालन भएपछि मुल सुक्दै गएको र पाइप लाइन समेत बिग्रिएको स्थानीयको भनाई छ ।

Home

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय