परेवा खबर संवाददाता
काठमाडौँ २९,वैशाख । प्रहरीको भवन अगाडीनै चोरी भयो भन्दा कतिपए लाई पत्यार नलाग्ला किन कि त्यहाँ २४ घण्टा प्रहरीको पहरा हुन्छ तर काठमाडौँको सामुदायिक प्रहरी सेवा केन्द्र घट्टेकुलोको अगाडीकै दुई वटा पसल आज विहान चोरी भएको छ ।

चोरी एउटा किराना पसल र अर्को मोबाईल पसलमा भएको छ । चोरी भएको मोबाईल पसल सामुदायिक प्रहरी भवनकै अपोजिटमा रहेको छ भने किराना पसल २० पाइलाको दुरीमा रहेको छ । तर पनि चोरले पसल फोरेर नगद तथा सामान लगेको छ ।

विहान ४ बजे तिर मर्निङ वाल्कमा निस्किएका एक जना व्यक्तिले किराना पसल खुल्लै देखेपछि प्रहरीलाई खबर गरिदिएका थिए भने प्रहरीले पछि पसलको साहुलाई उठाएर जानकारी गराएको थियो ।

उक्त पसलबाट रिचार्ज र पाँच सात हजार नगद चोरी भएको थियो । त्यस लगतै प्रहरी डियुटीमा लाग्यो तर प्रहरीकै भवन अगाडी रहेको मोबाईल पसल भने चोरी भएको कसैले चाल पाएनन् ।

विहान करिब ८ बजे तिर पसल खोल्न आउँदा पसलकी साहुनी मञ्जु गौतम झसंग भईन सटरमा लगाएको दुई वटै चावी थिएन । सटर बन्द थियो भने भित्र रहेको नगद र महंगा मोबाईल र सामान सबै लगेको थियो ।

उनले प्रहरी अघिकै पसल सुरक्षित नभएको र यति हुँदा सम्म पनि प्रहरीले थाहा नपाएको भन्दै निकै आलोचना पनि गरिन । प्रहरीकै भवन अगाडी यसरी चोरी भएपछि त्यहाँ रहेको सामुदायिक प्रहरी सेवा केन्द्रलाई थप चनाखो र चुस्त बनाउन पर्ने  स्थानियको माग रहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय