डिल्लीराज पंगेनी
पाल्पा
काठमाडौँ २७ वैशाख । पाल्पाको पूर्वखोला गाउपालिकामा सूर्यमुखी फुलको खेती सफल परीक्षण भएको छ । सूर्यमुखीको परिक्षण खेतिको लागि गाउपालिकाबाट किसानलाई अनुदानमा ३० किलो सूर्यमुखीको बीउ वितरण गरिएको थियो जसबाट राम्रो नतिजा दिन सफल भएको वडा न ३ का वडा अध्यक्ष निलकण्ठ भट्टराइले जानकारि दिनु भयो ।
अहिले बिरुवाहरु राम्रो हुदै गएपछी कृषकहरु खुसी भएकाछन । मैले परीक्षणका लागी लगाएको सुर्यमुखि राम्रो भयो, यसलाई निरन्तरता दिदा राम्रो हुने देख्छु स्थानिय लक्षुमण आचार्यले बताउनु भयो ।
पूर्वखोला गाउपालिका कृषि बिशेषज्ञ कमानसिँ थापाले ३० किलो सूर्यमुखीको बिउबाट राम्रो उत्तपादन भयो भने ८ सय देखि हजार किलो सम्म उत्पादन लिन सकिने र यसको खेती जस्तो सुकै ठाउमा पनि गर्न सकिने तुसारोको बेला बाहेक अरु समयमा यस खेतीबाट लाभ लिन सकिने उहाले बताउनु भयो ।
गाउपालिका कृषि प्राबिधिक सन्तोस कडेलले यस बर्ष प्ररिक्षणको रुपमा रहेकाले यस्ले कस्तो उत्पादन दिन्छ त्यसलाइ आधार मानेर अर्को बर्ष गाउपालिका भरी सूर्यमुखीबाट आत्मनिर्भर हुने गरि योजना ल्याइने बताउनु भयो । त्यस्तै पाल्पाको निस्दी तथा बगनासकाली गाउँपालिकामा पनि यसको खेती सुरु गरिएको छ ।