काठमाडौँ २६ वैशाख – चाावहिल-जोरपाटी सडक पिच नगरी सरकारले धुलो खुवाएको भन्दै स्थानीय जनता र व्यापारीहरु आन्दोलनमा उत्रेका छन्। २०७२ सालदेखि थालिएको काम २०७६ सम्म पिच नभएको भन्दै उनीहरु आन्दोलनमा उत्रेका हुन्। स्थानीयले आज चुच्चेपाटीदेखि जोरपाटीसम्म सडक बन्द गरे।

प्रहरीका गाडीलाई समेत गुड्न नदिएका स्थानीयले शंख फुकेर सरकार तथा ठेकेदारकाे विराेध गरेका हुन्। उनीहरु विभिन्न प्लेकार्ड सहित सडकमा उत्रिएका छन्। अहिले पनि उनीहरु टायर बालेर विराेध जनाइरहेका छन्।

चाबहिलबाट जोरपाटीसम्मको ३.६ किमी सबडक विस्तारका लागि २०७२ असोज १३ गते युनाइटेड बिल्डर्स एण्ड इन्जिनियर्स प्रालि लगायत ५ कम्पनीसँग सम्झौता भएको थियो।

उचित मुआब्जा दिएर मात्रै सडक आसपासका घर भत्काउन अदालतको अन्तरिम आदेश, विभिन्न स्थानमा सडकको अधिकार क्षेत्रको विवाद र बजेट अभावले विस्तारको काम अवरुद्ध भएको तर्क गर्दै ठेकेदार कम्पनी जिम्मेबारीवाट पन्छिदै आएको छ। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले पनि सोही तर्क गर्दै आएको छ।

जोरपाटीसम्मको क्षेत्रमा सडक अधिकार क्षेत्रकै विवाद छ। दायाँ भागमा सडक बन्नु अघिको राजकुलो मिचेर व्यक्तिले जग्गाधनी प्रमाण पूर्जा बनाएको बायाँ किनारका स्थानीयवासीको भनाइ छ।

बौद्ध र जोरपाटी क्षेत्रमा खानेपानी तथा ढल लिकेज भएर सडकमा दह जम्ने गरेको छ। वर्षाको समयमा उक्त क्षेत्रमा सवारी चल्न समस्या हुने र घाम लाग्दा धुलोले बस्न नसक्ने भएकोपछि स्थानीयहरु आन्दोलनमा उत्रेका हुन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय