काठमाडौँ २५ बैशाख । नेपाल प्रेस युनियन सिन्धुलीले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले सरकारको नीति तथा कार्यक्रममा भएका त्रुटीलाई प्रतिपक्षले सच्याउँदा समेत वेवास्ता गर्दै पेलेर पास गराएको आरोप लगाउनु भएको छ ।

प्रधानमन्त्रीको अभिव्यक्ति कसैलाई मान्छे नै नगन्ने खालको भएकाले समस्या उत्पन्न भएको नेता पौडेलको भनाइ थियो।

अलोतान्त्रिक तरिकाले सरकारको नीति कार्यक्रम पास भएको टिप्पणी गर्दै नेता पौडेलले ुलथालिंग देशको भताभु्ग चाला, जसजसले सक्छ, उसैले खालाु भन्ने जस्तै गरी लुटतन्त्र मच्चिएको आरोप लगाए।

कांग्रेसले थालेको जागरण अभियानका क्रममा प्रदेश २ को धनुषा हिँडेका पौडेलले सबै किसिमका अराजकता र गलत प्रवृत्तिको चिरफार गर्ने जनाए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय