पोखरा, २४ वैशाख । विविध सामाजिक कार्यहरु गर्दै आईरहेको गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघ पोखराले पानी वर्षादी रेनकोट हस्तान्तरण गरेको छ ।

रात दिन घाम पानी नभनि अहोरात्र खट्ने ट्राफिक प्रहरीका लागि अत्यावश्यक सामाग्री हस्तानतरण गरिएको हो ।गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघ पोखराकी अध्यक्ष कान्ता बोहराले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहरा, गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक विरेन्द्र कुमार बस्याल र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रलाई उक्त पानी वर्षादी हस्तान्तरण गर्नुभएको थियो ।

संघकी सचिव रविना अर्यालले नेपाल प्रहरी श्रीमति संघ कुनै दातृ निकायबाट संञ्चालित नभई आफुहरुले देउसिभैलो कार्यक्रमहरु गर्ने, विभिन्न मेला महोत्सवहरुमा स्टलहरु राख्ने र त्यसबाट आम्दानि भएको पैसा निरन्तर मानव समाजको हित हुने कार्यमा खर्च गर्दै आईरहेकोमा यस पटक भने वर्षायामको सुरुवात भएसंगै सडकमा खट्नु पर्ने ट्राफिक प्रहरीको लागि कार्य सम्पादनमा सहजता होस् भन्ने उद्देश्यका साथ उक्त पानी वर्षादी हस्तान्तरण गरिएको बताउनुभयो ।

नागरिकमा प्रहरी प्रतिको नकारात्मक सोच हटाउन, प्रहरी प्रतिको सकरात्मक विश्वास अभिवृद्धि गर्न तथा सुरक्षित समाज निर्माणका लागि नागरिकले सबै भन्दा नजिकबाट महशुस गर्ने ट्राफिक प्रहरीलाई पानी पर्दा भिजेर काम गर्नुपर्ने बाध्यता नहोस् भनि श्रीमती संघले गरेको उदारता प्रति कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहराले आभार व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका लागि ५० थान पानी वर्षादी हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश जंग कार्की, क्षेत्रीय सशस्त्र प्रहरी गण पोखरामा प्रमुख प्रहरी उपरीक्षक लालमणी आचार्य, जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना, गण्डकी प्रदेश नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु लगायत कास्की स्थित विभिन्न प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय